back
CTIZAN AD

भक्तपुरमा नयाँ वर्ष २०८३ क्यालेन्डर प्रदर्शनी हुने

वि.सं.२०८२ चैत ११ बुधवार

474 

shares

भक्तपुर । नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा क्यालेन्डर प्रदर्शनी आयोजना हुने भएको छ। प्रदर्शनीमा नेपालका सांस्कृतिक तथा पर्यटकीय गतिविधिहरूलाई समेटिएका कलात्मक पात्रोहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ।

गत वर्ष २०८२ मा बैंक, विद्यालय, व्यवसायिक संस्था, राजनीतिक संगठन तथा सहकारीहरूले तीन करोडभन्दा बढी पात्रो प्रकाशन तथा वितरण गरेका थिए। यस वर्ष पनि सो संख्या बढ्ने अपेक्षा गरिएको छ। प्रदर्शनीमा विभिन्न आकर्षक तस्बिरसहितका पात्रोहरू राखिनेछन्।

आयोजकका अनुसार आन्तरिक पर्यटन प्रवर्द्धन र स्थानीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागिएको हो। विशेषगरी बैशाख १ गते बिस्का जात्राको अवसरमा भक्तपुर पुग्ने दर्शकलाई लक्षित गर्दै प्रकाशकहरूलाई आफ्ना पात्रोका नमूनाहरू प्रदर्शन गर्न आह्वान गरिएको छ।

प्रदर्शनीसँगै ३३ पोखरी परिक्रमा कार्यक्रम पनि सञ्चालन गरिने जनाइएको छ, जसले आगन्तुकलाई सांस्कृतिक तथा पर्यटन अनुभव प्रदान गर्ने विश्वास गरिएको छ।

यो प्रदर्शनी चैत ३०, २०८२ देखि बैशाख १, २०८३ सम्म भक्तपुरमा सञ्चालन हुने जनाइएको छ।

वि.सं.२०८२ चैत ११ बुधवार १६:०७ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...