back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८२ चैत १४ शनिवार

804 

shares

बाबुराम गौतम, गुल्मी

१.
आयो ऋतुराज वसन्त
निर्जन पखेराको गुराँसले
दिलाउँछ खुसी अनन्त ।

२.
वसन्त ऋतु आयो
रुखको डालीमा बसेर
कोइलीले विरह गायो ।

३.
हुरीले खम्बा ढलाएथ्यो
बिजुली अवरुद्ध हुँदा
हाम्रो भेटघाट हराएथ्यो ।

४.
आँधीले उपद्रो गर्‍यो
ताण्डव रूप देखाएर
जनमनको चैन हर्‍यो ।

५.
उजाड बनायो करेसाबारी
पानीसँगै परेको असिनाले
थिचिदियो भएजति तरकारी ।

६.
हानिनोक्सानी गर्‍यो तुलफूल
मानवीय क्रियाकलापले गर्दा
वातावरण बनिरहेछ प्रतिकूल ।

७.
नबसौं चिन्तामा डुबेर
दुईदिने यो जिन्दगीमा
मायाप्रीति गाँसौं खुलेर ।

८.
नहेर शङ्का छरी
आऊ माया लगाऊँ
सद्भाव नडग्ने गरी ।

९.
आतुर बन्दैछ मन
तिम्रो दर्शन नपाउँदा
सिथिल हुँदैछ बदन ।

१०.
अशान्त मस्तिष्क लिएर
घचेट्नु नपरोस् रजनी
यादको घुट्को पिएर ।

वि.सं.२०८२ चैत १४ शनिवार ०५:४८ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...