back
CTIZAN AD

पर्यटन प्रवर्द्धनमा प्रचारात्मक कार्यक्रममा जोड

वि.सं.२०८२ चैत २२ आइतवार

429 

shares

काठमाडौँ । विश्वविख्यात आरोही मिङ्मा ग्याल्वो शेर्पाले सगरमाथा नेपालीको गौरव र पहिचान भएकाले यसबारेमा विश्वभर प्रचार गर्न सकिएमा मात्रै पर्यटक आवागमनमा वृद्धि ल्याउन सकिने बताएका छन् ।

एएमएस ग्लोबल हिमालय फाउन्डेसनले आगामी मे २९ मा काठमाडौँमा आयोजना गर्न लागेको एभरेष्ट टुरिज्म एवार्ड र वल्ड पिस समिटका बारेमा उद्यमी, व्यवसायी जानकारी दिन आयोजित कार्यक्रममा उनले पर्यटन क्षेत्रमा लगानी बढाउन पनि यस किसिमका कार्यक्रमहरूको आयोजना गर्नु आवश्यक रहेको बताए ।

फाउन्डेसनकी संस्थापक अध्यक्ष सत्यकला तामाङ लामाले नेपालको लोक कला, संस्कृति, पर्यटनका बारेमा विश्वभर जानकारी गराउन विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरूको आयोजना गर्ने क्रममा आगामी मे महिनामा काठमाडौंमा विश्वका ३० भन्दा बढी देशका प्रतिनिधिहरूको सहभागितामा एभरेष्ट टुरिज्म एवार्ड र वल्ड पिस समिटको आयोजना गर्न लागिएको जानकारी दिइन् ।

उनका अनुसार फाउन्डेसनले जापान फिलिपिन्स, चीन, युएई, क्यानाडा, माल्दिभ्स, सुडानलगायतका देशका नेपाली संस्कृति, कला, सङ्गीत, भाषासँगै पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रमहरु सम्पन्न भएका छन् ।

कार्यक्रममा पर्यटन व्यवसायीहरू जिम्बाज्याङ्वु शेर्पा, दामोदर घिमिरे, मिङ्मादोर्जे शेर्पा, असिम राई, पत्रकार ऋषि धमलालगायतका वक्ताहरूले पनि मुलुकको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको विकासमा जोड दिए ।

वि.सं.२०८२ चैत २२ आइतवार १३:१० मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...