back
CTIZAN AD

भल्वो आइसरको ऐतिहासिक माइलस्टोनस् वार्षिक १ लाख बढी युनिट बिक्री 

वि.सं.२०८२ चैत २९ आइतवार

519 

shares
काठमाडाैँ । भल्वो ग्रुप र आइसर मोटर्सको ज्वाइन्ट भेन्चरमा रहेको भीई कमर्सियल भेइकल्स लिमिटेड ९भीईसीभी० ले हालै सम्पन्न आर्थिक वर्ष २०२५–२६ मा १ लाख युनिट बिक्रीको माइलस्टोन पार गरेको छ । यो हाल सम्म वार्षिक रुपमा सबैभन्दा धेरै संख्याको बिक्री हो ।
भारतीय आर्थिक वर्षको अन्तिम महिना अर्थात मार्चमा कम्पनीले १० हजार ५७९ अर्थात अघिल्लो वर्षको यही अवधिको तुलनामा २०।८ प्रतिशत बढी बिक्री गरेको छ ।
यसप्रकारको महत्वपूर्ण माइलस्टोन हासिल हुनुले भल्वो आइसर पार्टनरसिपको सुरुवाती चरणमै राखिएको दीर्घकालीन दृष्टिकोणले लिएको साकार रुपलाई झल्काउँछ र कमर्सियल सवारी उद्योगमा भीईसीभीको वृद्धि भइरहेको तीव्र गतिलाई जोड दिन्छ ।
भीईसीभीको यो उपलब्धिमा कम्पनीका लाइट र मिडियम ड्यटी ट्रक, हेभी ड्युटी ट्रक र बस जस्ता सवारी साधनले भूमिका खेलेका छन् । यो अवधिमा सबैभन्दा बढी अर्थात ४६।१ प्रतिशत भूमिका लाइट एन्ड मिडियम ड्युटी ट्रकको छ । यी सवारी साधन ४७ हजार ७८९ युनिट बिक्री भएका छन् ।
त्यसैगरी हेभी ड्युटी ट्रक २६ हजार ८६७ युनिट बिक्री भएका छन् । यी सवारी साधनको समग्र बिक्रीमा भूमिका २५।९ प्रतिशत छ । त्यसैगरी १९ हजार ३६३ अर्थात १८।७ प्रतिशत बस बिक्री भएका छन् ।
भीईसीभीले विभिन्न उत्पादन उपलब्ध गराइरहेको छ र बेस्ट इन क्लास इन्धन दक्षता, उत्कृष्ट सञ्चालन समय अर्थात सुपेरियर अपटाइम र ग्राहक–केन्द्रित समाधानहरू प्रदान गर्ने कार्यलाई जारी राखेको छ ।
सन् २००८ देखि यी दुई ग्रुपको साझेदारी बने पश्चात भल्वो ग्रुपको ग्लोबल टेक्नोलोजीमा भएको विशेषज्ञता र आइसर मोटर्सको मार्केटिङ सम्बन्धी गहिरो बुझाई दुवैलाई जोडेर कमर्सियल मोबिलिटीको बेन्चमार्कलाई पुनःपरिभाषित गर्नमा भूमिका निर्वाह गरेको छ ।
नेपालमा भीईसीभीको आधिकारिक वितरक बतास एमएडब्लु हो । यस प्रकारको ऐतिहासिक यात्राको एक भाग हुन पाएकोमा बतास एमएडब्लुले गर्व महसुस गरेको बताएको छ ।
आगामी दिनमा समेत यस प्रकारको एड्भान्स्ड मोबिलिटीलाई ग्राहक बिचमा ल्याउने र नेपालको यातायात क्षेत्रको विकासका लागि क्रियाशील रहने प्रतिबद्धता समेत कम्पनीले व्यक्त गरेको छ ।

वि.सं.२०८२ चैत २९ आइतवार १५:३१ मा प्रकाशित

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक पूर्वमहामन्त्री मुकुल ढकालले...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

काठमाडौं । गृहमन्त्री सुदन गुरुङको बैंक खातासम्बन्धी विवरण केन्द्रीय अनुसन्धान...

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर तह (एमबीएस) को...

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

काठमाडौँ । सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले...