back
CTIZAN AD

चामेमा सिटिजन्स बैंकको ५९ औं शाखा आरम्भ

वि.सं.२०७४ असार ५ सोमवार

939 

shares

Chame-branch-opening
५ आषाढ, मनाङ । आजबाट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मनाङ जिल्लाको चामेमा आफ्नो ५९औं शाखा संचालनमा ल्याएको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री गणेश राज पोखरेलले पुजापाठ गरि सो शाखा आरम्भ गर्नुभएको हो ।

देशको १४ अञ्चलमा फैलिएका यस बैंकको काठमाडौं उपत्यका भित्र २४ र बाहिर ३५ गरी कुल ५९ वटा शाखा, ५८ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट ४ लाख १७ हजारभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

बैंकले आफ्ना ग्राहकवर्गलाई रेमिट्यान्स सेवा, ड्राफट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु साथै रकम झिक्न र राख्न सकिने जस्ता सुबिधाहरु दिदंै आइ रहेको र ती सबै सेवाहरु यस शाखाबाट पनि उपलब्ध गराउने जानकारी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री पोखरेलले दिनुभयो ।

मनाङ तथा यस क्षेत्रको वरपरका जनता र व्यवसायीलाई अन्तर्राष्ट्रिय गुणस्तरको बैंकिङ्ग सेवा दिने उद्देश्य लिएको यस बैंकको चामे शाखाबाट समेत ग्राहकहरुले आधुनिक बैकिङ्ग सेवा प्राप्त गर्न सक्ने उहाँले जानकारी दिनुभयो ।

बैंकले आफ्नो शाखा सुरुवात गरेको उपलक्ष्यमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मनाङ जिल्ला चामे स्थित श्री लोकत्रिय माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।

बैंकले निकट भविष्यमा पाल्पा जिल्लाको छहरा, मकवानपुर जिल्लाको मनोहरी तथा नवलपरासी जिल्लाको भुमईबाट आफ्नो शाखा सञ्चालनमा ल्याउने बताएको छ ।

 

वि.सं.२०७४ असार ५ सोमवार १४:५८ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

काठमाडाैँ । NIC Asia Bank ले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...