Logo
३ माघ २०७८, सोमबार
     Mon Jan 17 2022
E-paper
  English Edition
   Unicode
Logo

काठमाडौंमा नाम्जुङबासीहरुको बृहद भेला हुँदै



logo-namjing८ असार,  काठमाडौं । नाम्जुङ सेवा समाजले काठमाडौंमा बृहद भेला गर्ने भएको छ । असार १७ गते हुने उक्त भेलामा सम्पूर्ण नाम्जुङवासीहरुलाई भेलामा सहभागी भइदिन पनि समाजले अनुरोध गरेको छ । उक्त भेला सामाखुसीको लिंकन कलेजमा हुने पनि समाजले जनाएको छ ।
यस्तो छ समाजद्धारा भेलाका लागि गरिएको अनुरोधपत्रमा
‘नामजुङ्ग सेवा समाज’ द्वारा काठमाण्डौमा आयोजित भेलामा उपस्थितिको लागि सम्पूर्णमा हार्दिक अनुरोध !!  आदरणिय नाम्जुङ्ग बासी आमा-बुबा,दाजु-भाई तथा दिदी-बैनीहरु नमस्कार ! राजनैतिक गन्ध र ब्याक्तिगत स्वार्थ रहित पबित्र अभिष्टका साथ सामाजिक एकता र सद्भावले समृद्ध समाज र बिकशित गाँऊ निर्माणको परिकल्पना र दृढ संकल्पका साथ जन्म भएको यस ‘नामजुङ्ग सेवा समाज’ ले बिशेष खालको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन प्रभाबकारी योजनाहरु बनाई अघि बढ्ने लक्ष्यका साथ,यस सँस्था प्रकृयागत रुपमा जिल्ला प्रशाशन कार्यलय र समाज कल्याण परिषदमा आधिकारीक रूपमा दर्ता भएको सहर्ष जानकारी गराउन चाहान्छौ । साथै नाम्जुङ्ग र आसपासको क्षेत्रमा बिगत लामो समय देखि अत्याबश्यकको रूपमा खड्किएको बिरामी बहान (एम्बुलेन्स) खरिद्ध तथा सेवा सञ्चालनलाई पहिलो कार्ययोजनाको रुपमा प्रस्तुत गरिसकेको र यस सँस्था प्रति सबैले बिश्वाश र आषाको दिप को रूपमा हेरी धेरैले आर्थिक तथा बिभिन्न तवरले सहयोग गर्दै आउनुभएको र धेरैले सहयोगको प्रतिबद्धता गर्नु भएकोले हामीलाई झन ठूलो जिम्मेबारी र ऊर्जा प्राप्त भएको छ।
अभियानमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग र सहयोगको प्रतिबद्धता गर्नुहुने सम्पूर्ण मनहरूमा हार्दिक नमन गर्दछौ र यस अभियान अझै प्रकृयामा नै रहेकोले अझै यहाँहरुको सक्दो सहयोगको लागि पनि हामी ठूलो अपेक्षा गर्दछौ । कुनै पनि बिषयको शुरूवात नभै त्यस बिषयमा बहस, तार्किक बिष्लेशण, प्रतिकृयाको शुरूवात नहुने भएकोले हामीले एक भेलाबाट बृहद छलफल गरि यस सँस्था गठन गर्ने चाहना र योजना हुँदा हुँदै पनि सबैको अनुकलता, भौगोलिकता र समय ब्यबस्थापनको जटिलता जस्ता बिभिध कारणबस यस अनुरूप गर्न नसकेकोमा हामी भित्र देखि नै क्षमा प्रार्थी छौ । सामाजिक एकता र सद्भाब नै यस सँस्थाको मुख्य भाब भएकोले सबैजना समेटिएर हातेमालो गर्दै आ-आफू सँग भएको दक्षता,श्रम,सिप,साधन र श्रोतको केहि मात्रा समाजको लागि सहयोग दान गरि, बिकशित र समृद्ध समाज निर्माण गर्नु नै हो ।
यसैको भाबना अनुरूप हामीले समिती गठन र सँस्था दर्ताको लागि समाजमा भएका सम्पूर्ण बिधालाई उजागरका साथै प्रबर्द्धन गरी सामाजिक बिकाशको लागि जागरूक गराउने अभिप्रायले उत्कृष्ट बिधान निर्माण गर्न र आबश्यक कागजपत्र जुटाउन अत्यान्तै खटेर महत्वपूर्ण र मूल्यवान समय खर्ची सँस्था दर्ता गरे पश्चात, बिगत केहि महिना यताको अत्यान्त्यै महत्वपूर्ण समयमा आएको महान सहयोग, सद्भाब, मूल्यवान सल्लाह र सुझाबलाई शिरोपर गरि महत्वपूर्ण खबरदारीलाई आत्मसाथ गर्दै, कमीकमजोरीलाई सुधारको सु-अबसरको रूपमा ग्रहण गरि सबै एक साथ र समभाबले अघी बढेर नै यसको संभब हुनेमा दुई मत छैन्।
सामाजिक सँस्थामा काम गर्नको लागि हामी सँस्थाबाट केहि लिन्छु भन्दा पनि सँस्थालाई म केहि दिन्छु भन्ने मानशिक्ता बनाउनु अपरिहार्य हुन्छ र यसमा आबश्यक अनुसारको समय, आर्थिक, शारीरिक, बौद्धिक सहयोग, पारदर्शिता र निश्वर्थ भाबना त यसको मुख्य मुटुनै हुन यि बिना सँस्था चल्नै सक्तैन । त्यसैले यसको भाबना र मर्म अनुरूपनै हामीले यस सँस्थामा सबै मिलेर काम गर्ने उद्धेश्य अनुरूप काठमाण्डौमा र नाम्जुङ्गमा १/१ उपसमिती गठन गरि सबै हातेमालो गर्दै अघि बढ्ने अभिप्रायले पहिलो चरणमा काठ्माण्डौमा गर्नको लागि निम्न मिति, समय र स्थानमा अनौपचारिक भेला आयोजना गरिएको सहर्ष जानकारी जराउन चाहान्छौ।
बिभिन्न उद्धेश्य लिएर नाम्जुङ्गबाट काठमाण्डौ आई बसोबास गर्नुहुने सम्पूर्ण नाम्जुङ्गबासीहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ । धन्यबाद!’
मितिः- १७ अषाढ २०७४
समयः- मध्यान्ह १ बजे
स्थानः- लिङ्कन कलेज सामाखुशी
भवदिय Namjung Sewa Samaj – नामजुङ्ग सेवा समाज


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौं दरबारमार्गमा विदेशी मदिराको कारोबार गरिरहेको पसल ग्रीनलाइन सेन्टरका सञ्चालकको विषय अहिले

काठमाडौं । हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) द्धारा सन्चालित धुर्मुस

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

लालबहादुर ढेंगा, दुबई, युएई । राहदानी बिभागले हाल बिद्युतीय राहदानी (भ(एबककउयचत) जारी गर्ने कार्यको

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक