back
CTIZAN AD

पार्टीहरुले महिलालाई प्रमुख पद दिन आँट गरेनन्

वि.सं.२०७४ असार ८ बिहीवार

759 

shares

८ असार,बैतडी। बैतडीमा प्रमुख पदमा कुनै पनि महिलाको उम्मेदवारी परेको छैन । बैतडीका १० वटा स्थानीय तहमा प्रमुख पदका लागि महिलाको उम्मेदवारी शून्य रहेको हो । स्थानीय तहको निर्वाचनको चर्चा सुरु भएसँगै राजनीतिक दल भित्रका केही महिला नेत्रीले प्रमुख पदमा दाबी गरे पनि कुनै पार्टीले पनि महिलालाई प्रमुख पद दिन आँट गरेनन् ।

जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार चारवटा नगरपालिका र ६ गाउँपालिकामा प्रमुख पदमा महिलाको उम्मेदवारी परेको छैन । पितृसत्तात्मक समाजका कारण महिलालाई प्रमुख पद दिनमा राजनीतिक दलले आनाकानी गरेको अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष पार्वती भट्टले बताउनुभयो । महिलासँग क्षमता नै छैन भन्ने गलत हल्ला फैलाएर महिलालाई नेतृत्व दिन राजनीतिक दल हिच्किचाएको भट्टले बताउनुभयो ।

प्रमुख पदमा एकजना महिलाको पनि उम्मेदवारी नपर्नु निकै दुःखको कुरा भएको नेपाली काँग्रेसबाट पाटन नगरपालिकामा उपप्रमुख पदकी उम्मेदवार सरस्वती कोलीले बताउनुभयो । पुरुषभन्दा महिला मतदाता बढी भएको बैतडीमा प्रमुख पदमा महिलाको उम्मेदवारी नपर्नु महिलालाई अझै कमजोर बनाउने खेलको शृङ्खला भएको नेपाल महिला सङ्घकी देवु ठगुन्नाले बताउनुभयो ।

सोचे जति महिलाको राजनीतिमा पहुँच नभएकाले महिलाको प्रमुख पदमा उम्मेदवारी नपरेको हुन सक्ने महिलाको क्षेत्रमा काम गरिरहेको संस्था संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताउनुभयो ।

वि.सं.२०७४ असार ८ बिहीवार ०३:५२ मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

चितवन । जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई...

अनुचित लेनदेनका तेह्र उजुरी

अनुचित लेनदेनका तेह्र उजुरी

चितवन । मिटरब्याज (अनुचित लेनदेन)बाट पीडित भएको गुनासो गर्दै यहाँका...