back
CTIZAN AD

एनआरएनए नर्वेको आयोजनामा हुन लागेको एभरेष्ट कप २०१७ युरोपको तयारी पूरा

वि.सं.२०७४ असार ७ बुधवार

792 

shares

नर्वे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा ओस्लोले जुन २४ का दिन हुन लागेको एभरेष्ट कप २०१७ युरोपको तयारी पूरा भएको छ ।
जुन २४ का दिन हुन लागेको उक्त एभरेष्ट कप फुटवल २०१७ रनिङ शिल्ड मैत्रीपूर्ण खेलमा नर्वे लगायत युरोपका ४ राष्ट्रका ११ टिमबीच कडा प्रतिश्प्रर्धा हुने भएको छ । जस अनुसार  Telemark Nepali footbal Club , NEPZUM , NEPOS – “A ” NEPSA , फिनल्याण्ड नेपाल , नेपाल ब्रसेल्स मिलन केन्द्र , NESCO , NEPOS “B ” एनआरएनए नर्वे, एनआरएनए डेनमार्क,र RHINO NEPAL YOUTH CLUB DENMARK बीच हुने मैत्रीपूर्ण खेल एनआरएन आईसीसी उपाध्यक्ष कुमार पन्तको  प्रमुख अतिथ्यमा सम्पन्न हुन गैरहेको छ ।

बिभिन्न नेपाली सांस्कृति र चाड पर्वका साथै फुटबलको माध्यम द्वार पनि नेपाली समुदायहरु बीच आपसमा मैत्री पूर्ण भावनाको अभिबृद्वी गर्दै लैजाने उद्येश्यका साथ बिगत २०१३ देखि एनआरएनए नर्वेले प्रारम्भ गरेको यस प्रतियोगितामा नेपाली पोर्तुगिज समाज ( NEPOS ) , NESCO , NEPSA र हेल्पिङ हेन्डस् फर नेपाल नर्बे रहेका छन्। एनआरएनए नर्वेका सम्पूर्ण सदश्य ,अन्य संघ संस्था ब्यबसायीहरु र व्यक्तिगत सहयोग बाट फुटबल प्रतियोगिता सफलताका साथ सम्पन्न्को लागि नगद आर्थिक सहयोग गर्नु भएको छ ।

नेपालमा रहेका गरिव ,असाय अनाथ बालबालिकाको पठन-पाठन र शिक्षा क्षेत्रमा सहयोग गर्ने उद्धेश्यले आर्थिक संकलन गर्न उपस्थित तथा आगन्तुक दर्शकहरुको सुबिधाको लागी हेल्पिङ हेन्डस् फर नेपाल नर्बे र गान्धी रेष्टुरेण्टले दर्शकहरुको सुविधालाई ध्यानमा राखी खाना खुवाउने ब्यबस्थाको जिम्मेवारी लिएको छ ।

 निर्धारित समय बिहान ८ बजेबाट सुरु भै ७ बजे सम्ममा सम्पन्न हुने सो कार्यक्रममा करिब ३५० जना दर्शकले आ-आफ्नो टी को प्रसंसा गर्दै खेलाडीलाई उत्साह दिदै भरपुर मनोरन्जन लिने अनुमान गरिएको सो कार्यक्रममा नगद ,टफी तथा प्रमाण पत्र को बिशेष ब्यबस्था मिलाइएको छ ।

एनआरएनए एनसीसी  नर्वेका अध्यक्ष्य सन्जिब थापाद्वार स्वागत गर्ने सो कार्यक्रममा प्रमुख अतिथि कुमार पन्त र कार्यक्रमको संयोजन डा. प्रलय रिजाल कुमार पण्डित र द्वारिका महर्जनले गर्नु हुनेछ । प्रथम हुने टिमले नगद 16000,00 kr . प्रमाण पत्र दोश्रो हुनेले 800.00 kr . र प्रमाण -पत्र प्राप्त गर्नु हुनेछ भने अन्य टिमले प्रमाण पत्र तथा टफी प्राप्त गर्नु हुनेछ ।

वि.सं.२०७४ असार ७ बुधवार १३:०४ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...