back

रु तीन करोडको लगानीमा बहुउद्देश्यीय होटल

वि.सं.२०७४ असार १२ सोमवार

624 

shares
IME Limited
NTC AD

पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ विरौटामा रु तीन करोडको लगानीमा भोजन, आवास, सङ्गीतका साथै टुर्स एण्ड ट्राभल्स र फ्रेस हाउसको सुविधा एकै स्थानबाट दिने गरी होटल रिदम एण्ड अर्गानिक रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।

होटल तथा रेष्टुरेन्ट सञ्चालनबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा निर्देशक दीपक पौडेल शर्माले आर्थिकरुपमा स्वदेशमा नै केही गर्नुपर्छ भन्ने सोचका साथ आफूले होटलमा लगानी गरेको बताउनुभयो ।

“तत्कालका लागि रिदम फ्रेस हाउस, प्रतिभा टुर्स एण्ड ट्राभल्स, सुविधायुक्त लज र सभाहल सञ्चालनमा ल्याइएको छ,” उहाँले भन्नुभयो, “केही दिनमा नै दोहोरी साँझ सञ्चालनमा ल्याउने तयारी गरेका छौँ ।”

रेष्टुरेन्टमा आफ्नै फ्रेस हाउस भएकाले अतिथिलाई लोकल मासु खुवाउन सकिने बताउँदै उहाँले पर्वतको कार्कीनेटासहित कास्कीको भरतपोखरी, कृष्टिलगायत ठाउँबाट प्राङ्गारिक फलफूल तथा तरकारी ल्याएर खुवाइने बताउनुभयो ।

होटलमा १५० जना क्षमताको सभाहल र २५ जना क्षमताको विशिष्ट बैठक कक्षसमेत रहेको छ । त्यस्तै, होटलमा छ डिलक्ससहित सातवटा कोठा रहेकाछन् । एउटा कोठाको न्यूनतम रु ८०० देखि दुई हजारसम्म शुल्क निर्धारण गरिएको अध्यक्ष करिष्मा बरालले जानकारी दिनुभयो ।

अठ्ठाइस जनालाई रोजगारी प्रदान गरिने होटल तथा रेष्टुरेन्टमा साँझमा मनोरञ्जन र जमघटका लागि रिदम दोहोरी एवम् मेलोडी साँझ समेत केहिदिन भित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

वि.सं.२०७४ असार १२ सोमवार १५:२१ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...

दूतावासद्वारा नेपाल-चीन व्यापार सहजीकरण र व्यवस्थापनका विषयमा अन्तरक्रिया

दूतावासद्वारा नेपाल-चीन व्यापार सहजीकरण र व्यवस्थापनका विषयमा अन्तरक्रिया

  काठमाडौं । नेपाली महावाणिज्य दूतावास, ल्हासाले नेपाल-चीन व्यापार सहजीकरण...

भेडापालक किसानलाई गोठालो भत्ता

भेडापालक किसानलाई गोठालो भत्ता

जुम्ला । जुम्लाका आठवटै स्थानीय तहका भेडापालन किसानलाई प्रवर्द्धन गर्नका...

प्रेदशसभामा आजदेखि बजेटमा छलफल

प्रेदशसभामा आजदेखि बजेटमा छलफल

गण्डकी । गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आव २०८२/८३ को...

लोन लिएर नतिर्ने ५० ऋणीको बैंकले निकाल्यो तीन पुस्ते विवरण

लोन लिएर नतिर्ने ५० ऋणीको बैंकले निकाल्यो तीन पुस्ते विवरण

काठमाडौँ । लक्ष्मी सनराईज बैंकले समयमै कर्जा नतिर्ने ५० जना...

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...