back
CTIZAN AD

रु तीन करोडको लगानीमा बहुउद्देश्यीय होटल

वि.सं.२०७४ असार १२ सोमवार

963 

shares

पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ विरौटामा रु तीन करोडको लगानीमा भोजन, आवास, सङ्गीतका साथै टुर्स एण्ड ट्राभल्स र फ्रेस हाउसको सुविधा एकै स्थानबाट दिने गरी होटल रिदम एण्ड अर्गानिक रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।

होटल तथा रेष्टुरेन्ट सञ्चालनबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा निर्देशक दीपक पौडेल शर्माले आर्थिकरुपमा स्वदेशमा नै केही गर्नुपर्छ भन्ने सोचका साथ आफूले होटलमा लगानी गरेको बताउनुभयो ।

“तत्कालका लागि रिदम फ्रेस हाउस, प्रतिभा टुर्स एण्ड ट्राभल्स, सुविधायुक्त लज र सभाहल सञ्चालनमा ल्याइएको छ,” उहाँले भन्नुभयो, “केही दिनमा नै दोहोरी साँझ सञ्चालनमा ल्याउने तयारी गरेका छौँ ।”

रेष्टुरेन्टमा आफ्नै फ्रेस हाउस भएकाले अतिथिलाई लोकल मासु खुवाउन सकिने बताउँदै उहाँले पर्वतको कार्कीनेटासहित कास्कीको भरतपोखरी, कृष्टिलगायत ठाउँबाट प्राङ्गारिक फलफूल तथा तरकारी ल्याएर खुवाइने बताउनुभयो ।

होटलमा १५० जना क्षमताको सभाहल र २५ जना क्षमताको विशिष्ट बैठक कक्षसमेत रहेको छ । त्यस्तै, होटलमा छ डिलक्ससहित सातवटा कोठा रहेकाछन् । एउटा कोठाको न्यूनतम रु ८०० देखि दुई हजारसम्म शुल्क निर्धारण गरिएको अध्यक्ष करिष्मा बरालले जानकारी दिनुभयो ।

अठ्ठाइस जनालाई रोजगारी प्रदान गरिने होटल तथा रेष्टुरेन्टमा साँझमा मनोरञ्जन र जमघटका लागि रिदम दोहोरी एवम् मेलोडी साँझ समेत केहिदिन भित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

वि.सं.२०७४ असार १२ सोमवार १५:२१ मा प्रकाशित

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा बाढी तथा...

बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई...

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

काठमाडौं । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर

नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर

काठमाडौं । १८औँ नाडा अटो शो २०२६ मा सहभागी बैंकहरूले...

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक...