back
CTIZAN AD

घाँटी भाँचिएर एकसिङ्गे गैँडा म¥यो

वि.सं.२०७४ असार १२ सोमवार

921 

shares

१२ असार,रत्ननगर (चितवन)  । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत कुमरोज मध्यवर्ती सामुदायिक वनमा आज दुर्लभ एकसिङ्गे गैँडा मृत अवस्थामा फेला परेको छ ।

निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले अन्दाजी २८–३० वर्षको पोथी गैँडा कुमरोजको कङ्क्रिट मचान नजिकै मरेको जानकारी दिनुभयो । मचान नजिकैको घोल (सिमसार) मा राति बिरामी जस्तो भएर बसेको गैँडा बिहान ११ बजे मरेको हो ।

अनुसन्धान गर्दा घाँटी भाँचिएको पाइएको भन्दै निकुञ्जका वरिष्ठ पशु चिकित्सक कमल गैरेले भाले लाग्ने क्रममा भाग्दा लडेर घटना भएको जानकारी दिनुभयो । केही दिन अघि मात्रै सोही सामुदायिक वनको इचर्नी खोला नजीकै मरेको गैँडाको बच्चा (केटो) गोहीले खाएको अवस्थामा फेला पारिएको थियो ।

अहिले मर्ने पोथी गैँडा त्यही केटोको आमा भएको अनुमान गरिएको डा गैरेले बताउनुभयो । चोरीसिकार नियन्त्रण युवा जागरण अभियान (कुमरोज)का अध्यक्ष ईश्वरी पाठक पछिल्लो समयमा गैँडाको राम्रो वासस्थान बन्दै आएको कुमरोजमा कालगति या विभिन्न कारणले गैँडा मरिरहेको भन्दै दुःख व्यक्त गर्नुभयो । यसतर्फ निकुञ्जले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

पछिल्लो गैँडा गणनामा चितवन निकुञ्जमा ६०५ गैँडा रहेको तथ्याङ्क छ । एकसिङ्गे गैँडा नेपाल र भारतमा मात्रै पाइन्छ । रासस
––––––––

वि.सं.२०७४ असार १२ सोमवार १५:२४ मा प्रकाशित

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

नुवाकोट । भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट...

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका...

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा । रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका...

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा...

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

काठमाडौँ । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना...

विपद्मा कलाकारको हातेमालो

विपद्मा कलाकारको हातेमालो

गण्डकी । केही दिनअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक...