back
CTIZAN AD

अनुगमन टोलीद्वारा पाँच व्यावसायिक प्रतिष्ठान बन्द

वि.सं.२०७४ असार १२ सोमवार

1K 

shares

१२ असार,चितवन  । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले चितवनका पाँच व्यवसायिक प्रतिष्ठान बन्द गराएको छ ।
बिभागका शाखा अधिकृत ढुन्डिराज पोखरेलको नेतृत्वमा आएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष तीर्थ महर्जनसहितको टोलीले आज चितवन जिल्लाका बजार अनुगमन गरी रामनगरको न्यु शिवशक्ति होटल, सुस्मा होटल, नारायणगढको शर्मा आइसक्रिम, आनन्दमार्गको ओम सत्य साई गल्ला पसल र श्री ट्रेडर्सको कारोबार रोक्का गरेको शाखा अधिकृत पोखरेलले जानकारी दिनुुभयो ।

नियमविपरीत व्यवसाय सञ्चालन गरेको र अखाद्य वस्तु, म्याद नाघेका वस्तु बिक्री गरेको पाइएकाले उनीहरुको कारोबार रोक्का गरेको उहाँले बताउनुभयो ।

पसल सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा गरी एक हप्ताभित्र प्रशासन कार्यालयमा हाजिर हुने र पुनः अनुगमन गर्दा सञ्चालनका लाीग योग्य पाइए सञ्चालन गर्न पाउने ब्यहोरासहितको पत्र उनीहरुलाई दिइएको उहाँले बताउनुभयो ।

अनुगमनका क्रममा होटलहरुले अस्वस्थकर खाना खुवाएको, शर्मा आइसक्रिमले आवश्यकता भन्दा बढी रङ्को प्रयोग गरेको, श्री ट्रेडर्सले १२ वर्षदेखि व्यवसाय दर्ताबिनै सञ्चालन गरेको र ओम सत्य साई गल्ला पसलले म्याद नाघेकोे खानेतेललगायत अन्य वस्तु बिक्री गरेको पाइएकाले उनीहरुको कारोबार रोक्का गरी बन्द गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार अनुगमन अधिकृत ओमनारायण शर्माले बताउनुभयो । रासस

वि.सं.२०७४ असार १२ सोमवार १५:२७ मा प्रकाशित

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अचानक आएको...

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बाढी...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई...

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि...

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि रु...