back
CTIZAN AD

एनआरएनए एनसीसी यूएसए क्यालिफोर्निया च्याप्टरको सचिवमा रोशनको उम्मेदवारी

वि.सं.२०७४ असार २० मंगलवार

843 

shares

Roshan-Adhikariकृष्ण के सी/अमेरिका

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) को क्यालिफोर्निया स्टेट च्याप्टरको सचिव पदको लागि रोशन अधिकारीले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।

चितवन जिल्लामा जन्मेर १९९५ देखि स्थानिय स्तरबाट पत्रकारिता सुरु गर्नु भएका रोशन अधिकारी राष्ट्रिय स्तरको साप्ताहिकमा प्रधान संपदाक सम्म हुनुभयो। नेपाल रेडक्रस  लगायत स्थानीय सामाजिक संस्थाहरुमा समेत संलग्न अधिकारी सन २०१२ मा अमेरिकाको यात्रा तर्फ लाग्नुभयो।

सुरुमा लस एन्जलसमा नेपाल एकता समाजमा आबद्ध अधिकारी सान फ्रान्सिस्को सर्नु भए पछि स्थानिय सबै भन्दा पुरानो सस्था नेपाल एसोसिएसन अफ नर्दर्न क्यालिफोर्निया (NANC) को सचिब पदमा बसेर २०१५-२०१७ को कार्यकाल सम्पन्न गर्नुभयो। उसो त उहाँले अन्य साथीहरुसंग मिलेर LIONS CLUB OF SAN FRANCISCO BUDHHA को स्थापना गरेर CHATER MEMBERSHIP CHAIRPERSON को जिम्मेवारी संहाल्दै हुनुहुन्छ।

पत्रकारितामा नियमित रहनु भएका अधिकारी Hollywood Media & Entertainment LCC, को अनलाइन मिडिया http://hollywoodkhabar.com का सहायक संपदाक पनि हुनुहुन्छ।

सन २०१४ देखि NRNA संग नजिकिंदै रहनु भएका अधिकारीले २०१५/१६ बाट धेरै गतिबिधिहरुमा संलग्न हुँदै हाल क्यालिफोर्निया स्टेटको सचिव पदमा उम्मेदवारी हुनुभएको घोषणा गर्नु भएको छ।

वि.सं.२०७४ असार २० मंगलवार ०२:२५ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...