back
CTIZAN AD

‘माइती गाँउ’ जाने बस गईसकेको गायिका गुरुङको गुनासो

वि.सं.२०७४ असार २० मंगलवार

876 

shares

maiti-gauकुमार “अविरल” पन्थी
हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा कलाकारहरुलाई तिजको चटारोले भ्याइ-नभ्याइ छ । यतिबेला कलाकार तिजका गित गाउन र म्युजिक भिडियो बनाउनमा व्यस्त रहेका छन ।

कलाकारहरुले आफ्ना दर्शक श्रोताहरुलाई भिन्न भिन्न खालका तिज गितहरु बजारमा निकालेर नयाँ तवरले मनोरञ्जन दिन जुटीरहेका छन । पछिल्लो समय तिजका गितहरु अलिक भिन्न तथा उताउला दुरुस्तै रतौली जस्ता पनि आउन थालेका छन ।

हमाल म्युजिकको प्रस्तुतिमा गायीका कमला गुरुङको तिज गित “माइती गाँउ” बजारमा आएको छ । गुरुङ्को उक्त गित युटुब मार्फत सार्वजनिक गरिएको हो । हरेक वर्ष तीजको अवसर पारेर गायिका गुरुङले छुट्टै महत्वका गीत दर्शकहरु माझ पस्कने गर्छिन । गत वर्षको तीजमा “लभ छुटेको माया” एल्बम बजारमा ल्याएकी गुरुङले यसपालीको तीजमा “माइती गाँउ”  बोलको तीज गीत सार्वजनिक गरेकी हुन ।

उक्त तिज गीतमा गायिका गुरुङ र गायक खुमन अधिकारीको स्वर रहेको छ। गीतको भाव अनुसार गायिका गुरुङले श्रीमानसँग माइत जान ढिला भएको र “माइती गाँउ” जाने बस पनि गईसकेको कुराहरु गरेकी छिन । यतिबेला प्रवासमा रहेकी गुरुङले ५ ओटा एल्वम बजारमा निकालिसकेकी छिन् ।

मौलिक भाकामा सजिएको “माइती गाँउ” एल्बममा सामाजका वास्तविक कथा बस्तुलाई दर्शाउन खोजिएको छ । गीतमा हरि प्रसाद न्यौपानेको शब्द तथा कृष्ण सापकोटाले लय सृजना गरेका छन । चर्चित निर्देशक स्मृति तिमिल्सिना “गुरुआमा” ले निर्देशन गरेको भिडियोमा कृष्ण सापकोटा र रन्जु अधिकारीले अभिनय गरेका छन ।

गीतको भिडियोलाई सुरेस श्रेष्ठले छायाँकन तथा सुधन बस्नेतले सम्पादन गरेका छन भने दृश्य निर्माण गुरुआमा फिल्मसले गरेको छ ।

 

वि.सं.२०७४ असार २० मंगलवार ०२:३३ मा प्रकाशित

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...