back
CTIZAN AD

एनआरएनए अष्ट्रियाको राष्ट्रिय अधिवेशन सम्पन्न

वि.सं.२०७४ असार २० मंगलवार

1.2K 

shares

austria-teamगैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रियाको अधिबेशन सम्पन्न भएको छ ।  संघले २०१७–१९ सम्मका लागि जीवनजंग कुँवरलाई अध्यक्षमा निर्वाचित गर्दै अधिबेशन सम्पन्न गरेको हो ।
नेपालको तर्फबाट संयुक्त राष्ट्रसंघका स्थाइ प्रतिनिधि प्रकाश कुमार सुवेदीको प्रमुख आतिथ्यता तथा एनआरएनए युरोप क्षेत्रिय उपसंयोजक दावा शेर्पाको पर्यबेक्षण तथा उपस्थितिमा कडा प्रतिश्पर्धाका बीच अध्यक्षमा कुँवर निर्वाचित भएका हुन् । कुँवरले आफ्ना प्रतिस्प्रर्धी डा.दीपक ढुंगानासँग ३ मतको अन्तरसहित १७४ मत ल्याएर विजयी भएका हुन् ।
त्यस्तै कुल मत ३५४ मध्ये सबैभन्दा बढी २३४ मत प्राप्त गरि अन्तर्राष्ट्रिय परिषद्को सदस्य पदमा शिव सापकोटा अत्यधिक बहुमतले विजयी भएका छन् ।
त्यस्तै उपाध्यक्षमा बिनोद चौलागाईं र मनोज बिष्ट बिजयी भए भने महिला, उपाध्यक्षमा निरु लामिछाने महासचिवमा निर्मल पौडेल कोषाध्यक्षमा अनुज पौडेल र युवा संयोजक किरण लाल श्रेष्ठ बिजयी भएका छन ।
त्यस्तै महिला संयोजकमा भवानी तिवारी, सहकोषाध्यक्षमा राजन श्रेष्ठ, सचिवमा निता सापकोटा र सम्झना गिरी, सदस्यहरु बुद्धी बहादुर तामाङ, ध्रुव पौडेल ,प्रसना निरौला,सबिन तिमल्सिना, डबिन गुरुङ, युवराज सुबेदी, राजकुमार उपाध्याय निर्बिरोध भएका छन् ।

वि.सं.२०७४ असार २० मंगलवार ०५:५३ मा प्रकाशित

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...