
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रियाको अधिबेशन सम्पन्न भएको छ । संघले २०१७–१९ सम्मका लागि जीवनजंग कुँवरलाई अध्यक्षमा निर्वाचित गर्दै अधिबेशन सम्पन्न गरेको हो ।
नेपालको तर्फबाट संयुक्त राष्ट्रसंघका स्थाइ प्रतिनिधि प्रकाश कुमार सुवेदीको प्रमुख आतिथ्यता तथा एनआरएनए युरोप क्षेत्रिय उपसंयोजक दावा शेर्पाको पर्यबेक्षण तथा उपस्थितिमा कडा प्रतिश्पर्धाका बीच अध्यक्षमा कुँवर निर्वाचित भएका हुन् । कुँवरले आफ्ना प्रतिस्प्रर्धी डा.दीपक ढुंगानासँग ३ मतको अन्तरसहित १७४ मत ल्याएर विजयी भएका हुन् ।
त्यस्तै कुल मत ३५४ मध्ये सबैभन्दा बढी २३४ मत प्राप्त गरि अन्तर्राष्ट्रिय परिषद्को सदस्य पदमा शिव सापकोटा अत्यधिक बहुमतले विजयी भएका छन् ।
त्यस्तै उपाध्यक्षमा बिनोद चौलागाईं र मनोज बिष्ट बिजयी भए भने महिला, उपाध्यक्षमा निरु लामिछाने महासचिवमा निर्मल पौडेल कोषाध्यक्षमा अनुज पौडेल र युवा संयोजक किरण लाल श्रेष्ठ बिजयी भएका छन ।
त्यस्तै महिला संयोजकमा भवानी तिवारी, सहकोषाध्यक्षमा राजन श्रेष्ठ, सचिवमा निता सापकोटा र सम्झना गिरी, सदस्यहरु बुद्धी बहादुर तामाङ, ध्रुव पौडेल ,प्रसना निरौला,सबिन तिमल्सिना, डबिन गुरुङ, युवराज सुबेदी, राजकुमार उपाध्याय निर्बिरोध भएका छन् ।
वि.सं.२०७४ असार २० मंगलवार ०५:५३ मा प्रकाशित