back
CTIZAN AD

शिला शालिग्राम परिक्रमास्थल भत्किँदा समस्या

वि.सं.२०७४ असार २० मंगलवार

990 

shares

setibeni

२० असार, पर्वत । कालीगण्डकी नदीमा आएको बाढीले तटबन्ध भत्काएपछि प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल सेतीवेणीमा रहेको विश्वकै सबैभन्दा ठूलो शालिग्राम शिला परिक्रमा गर्न समस्या भएको छ ।

कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रको जलाशयका कारण डुबानमा परेको शिलामा परिक्रमा गर्नका लागि बनाइएको तटबन्ध दुई वर्षअघि आएको बाढीले भत्काएपछि मर्मत नहुँदा तीर्थालुले शिलाको परिक्रमा गर्न नसकेका हुन् । शिलालाई परिक्रमा नगरेसम्म मनोकामना पूरा नहुने जनविश्वास छ ।

पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने शालिग्राम शिला दर्शन गर्न बागलुङ, पाल्पादेखि मुलुकका अन्य स्थानबाट समेत ठूलो सङ्ख्यामा दर्शनार्थी र पर्यटक आउँछन् । अहिले शिला परिक्रमा गर्न नपाउँदा भक्तजन निराश भएर फर्कने गरेको स्थानीयवासी रवि भट्टराईले बताउनुभयो ।

गत वर्ष बाँसको पुलेसो बनाइए पनि जोखिम भएका कारण यस वर्ष नबनाइएको भट्टराईले बताउनुभयो । “धेरै पटक मर्मतका लागि अनुरोध पनि ग¥यौँ”, उहाँले भन्नुभयो, “जोखिमपूर्ण अवस्थामा अस्थायी तटबन्ध बनाउँदा जलाशयमा यात्रु डुब्ने खतरा भएकाले यसलाई रोकेका छौँ ।”

कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रले तटबन्ध मर्मत गर्दै आए पनि यस पटक मर्मतका लागि कुनै चासो नदिएको गुनासो स्थानीयवासीले गरेका छन् । केन्द्रको जलाशयले शिला डुबानमा परेपछि परिक्रमा गर्न सहज होस् भन्ने उद्देश्यले तटबन्ध बनाइएको थियो । वर्षायाममा जलविद्युत् केन्द्रको बाँधका सबै ढोका खोलिने भएकाले बाढीले तटबन्ध भत्काउने गरेको छ । केन्द्रले नदीतर्फका भागमा वर्षायाममा झिक्न मिल्ने र हिउँदमा राख्न मिल्ने गरी तटबन्ध राख्नुपर्ने सुझाव स्थानीयवासीको छ ।

फलामका खम्बा र सिमेन्टका स्ल्याब निकाल्न मिल्ने गरी बनाउन सकेमा वर्षायाममा भत्काउने र बग्ने समस्या अन्त्य हुने भट्टराईले बताउनुभयो । सुरुमा शिलाको भाग खाली राखेर तटबन्ध बनाउने माग भए पनि जलविद्युत् केन्द्रका प्रविधिज्ञले हरेक वर्ष आउने मर्मतको रकममा कमिसनको लोभमा परेर अर्कै संरचना बनाएको आरोप पनि स्थानीयवासीले लगाएका छन् ।
शालिग्राम क्षेत्र विकास समितिका अध्यक्ष तथा पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले यस वर्षको हिउँदमा जुनसुकै हालतमा पनि मर्मत गरिनुपर्ने बताउनुभयो । “मर्मतका लागि कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रलाई दबाब दिनाको विकल्प छैन”, उहाँले भन्नुभयो, “जनताको मागको सुनुवाइ हुनैपर्छ ।”

वि.सं.२०७४ असार २० मंगलवार ०७:१२ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...