back
CTIZAN AD

मापदण्ड विपरीत मासु बेच्नेको ढकतराजु जफत

वि.सं.२०७४ असार २० मंगलवार

978 

shares

२० असार, जुम्ला । सदरमुकाम खलङ्गामा मापदण्ड विपरीत मासु बेच्ने ६ जना मासु पसलेको ढकतराजु जफत गरिएको छ ।

सोमबार जिल्ला पशुसेवा कार्यालय जुम्लाको संयोजनमा सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढथापा नेतृत्वको अनुगमन टोलीले ६ मासु पसलेको ढकतराजु जफत गरेको हो । अनुगमन टोलीले नापतौलको सन्तुलन नमिलेका, ढुङ्गा राखेर तौलने गरेको, गुणस्तर तथा नापतौल विभागको स्टिकर नटाँसेका ढकतराजु प्रयोगमा ल्याएको पाइएकाले उनीहरुको त्यस्ता ढकतराजु जफत गरेको सहायक प्रजिअ बुढथापाले जानकारी दिनुभयो ।

“नेपाल सरकारको आधिकारिक निकायबाट प्रमाणीकरण नभएका नापतौलबाट उपभोक्तालाई ठगिनबाट बचाउन र व्यवसायीलाई सचेत गराउन ढकतराजु जफत गरिएको हो,” बुढथापाले भन्नुभयो । यहाँका १० वटा मासु पसलको अनुगमन गरिएको थियो ।

वरिष्ठ पशु विकास अधिकृत डा माधवप्रसाद अर्यालले ढकतराजु जफत गरिएका मासु पसलेलाई कैफियत गरेको महसुस गर्न लगाउने र आगामी दिन त्यसो नगर्न कबुलियतनामा गराउने बताउनुभयो ।

अब उद्योग वाणिज्य सङ्घ जुम्लाको सहजीकरणमा नापतौल विभागलाई यहाँ बोलाएर व्यवसायीलाई सचेत गराइने उहाँको भनाइ थियो ।

चन्दननाथ नगरपालिकामा रहेका २० वटा मासुपसल न्यूनतम मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको बताइएको छ ।

धेरै मासु पसलमा राखेका फ्रिज, मासु राख्ने भाँडा र काट्ने ठाउँ अव्यवस्थित रहेको पाइएको थियो । मासु पसलेहरुले मासु काट्दा डि–फ्रिज, पञ्जा, पोसाक, टायल, जाली राख्नुपर्छ भने वैधानिकता पूरा गर्न स्थायी लेखा नम्बरसहित मूल्यसूची राख्नुपर्छ । तर धेरै पसलमा त्यसो गरिएको पाइएन ।

पशु विकास अधिकृत गोविन्द महतले नमुना फ्रेस हाउसबाट सडेको प्यारेन्ट्स कुखुराको तीन केजी मासु जफत गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कालेखोलीमा रहेको शाही फ्रेस हाउसमा मल र मासु एकै ठाउँबाट बिक्री वितरण गरेको भेटियो ।” तथापि विगतमा भन्दा अहिले केही मात्रामा सुधार आएको उहाँको भनाइ छ ।

ओमराज फ्रेस हाउस बसपार्क जुम्लाका मालिक लक्ष्मी रावलले बजारमा मासुको दरमा एकरुपता नभएको बताउनुभयो । रासस

वि.सं.२०७४ असार २० मंगलवार ०७:४१ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...