back
CTIZAN AD

लामो संघर्षपछि इलाममै फर्काईयो निशान

वि.सं.२०७४ असार २४ शनिवार

1K 

shares

२४ असार,इलाम । सुरक्षाको कारण देखाउँदै १५ वर्षअघि यहाँबाट काठमाडौँ सारिएको ऐतिहासिक महत्वको निशान पुनः यहीँ स्थापना गरिएको छ ।

नेपालको सिमाना पूर्वमा टिष्टासम्म पुगेको प्रमाणका रूपमा रहेको निशान विसं २०५९ वैशाख २६ गते श्रीनाथ पल्टनले आफूसँगै काठमाडौँ लगेको थियो । विसं १८७५ मा सुगौली सन्धिपछि इलाममा बसेको श्रीनाथ पल्टनले निशान लगेपछि इलामका स्थानीयवासीको लामो सङ्घर्षपछि जिल्लामा फर्किएको हो ।
शुक्रबार दिउँसो ठूलो टँुडिखेलमा उतारेर वैदिक विधिअनुसार माईस्थान मन्दिर ९पहिलो निशान राखिएको ठाउँ०मा राखिएको छ । सो समारोहमा सेनाका उच्च अधिकारी समेत सामेल भएका छन् । निशान राख्नका लागि रु १३ लाखको लागतमा पुरानो निशान घरको जीर्णोद्धार गरिनाका साथै माईस्थान मन्दिरमा तामाको छानो लगाइएको छ ।

एक सय ८५ वर्षसम्म निशान माईस्थान मन्दिरमा नै राखिएको थियो । इतिहासविद् युद्धप्रसाद वैद्य भन्नुहुन्छ “विसं १८७५ इलाममा राखिएको निशान श्रीनाथ पल्टनले आफ्नो गणमा लगेपछि लामो सङ्घर्ष गरेर फर्काएका छौँ, यो इलामको लागि ठूलो गौरवको विषय हो ।” नेपालको सिमाना पूर्वमा टिष्टासम्म पुगेको प्रमाणका रुपमा रहेको निशान फर्कनु इलामको लागि सौभाग्य भएको समेत उहाँको भनाइ छ ।

निशान सुरक्षाका लागि माईस्थान मन्दिरमा १०\१२ सैनिक टुकडीसमेत राखिने कालीध्वज गण इलामका गणपति प्रकाश लामिछानेले बताउनुभयो । निशानको दैनिक पूजा गरिनेछ । निशानलाई शक्तिस्वरूप भगवतीका रूपमा पुज्ने चलन रहेको वैद्य बताउनुहुन्छ ।

वि.सं.२०७४ असार २४ शनिवार ०४:२६ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...

विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान

विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र...