back
CTIZAN AD

बक्तित्वकला प्रतियोगितामा शंकरले हात पारे मासिक १० हजार यन ईचिगो छात्रवृत्ति

वि.सं.२०७४ असार २४ शनिवार

921 

shares

japanpनेसाज जापानिज भाषा बक्तित्वकला प्रतियोगीता २०१७” भब्यताका साथ सम्पन्न भएको छ।
जुलाई १ का दिन सम्पन्न उक्त वक्तित्वकला कार्यक्रम आयोजक समितिका संयोजक पुर्ण गर्वुजाको सभापतित्व तथा तेज गुरुङको स्वागत मन्तव्यबाट सुरु गरिएको थियो ।
जापानिज भाषा बक्तित्वकलामा प्रतिस्पर्धाका लागी ५ जना प्रतियोगीले आ-आफ्नो प्रस्तुती दिनुभएको थियो।
यस प्रतियोगितामा बिजेता उपाधी संकर मगरले हातपार्नुभयो जसले पुरस्कार १ बर्षको लागि मासिक १०००० यन ईचिगो छात्रवृत्ति र प्रमाणपत्र प्राप्त गर्नुभयो । अन्य सहभागीहरुले जनही १,००० येन प्रोत्साहन स्वरुप नगद तथा प्रमाणपत्र पनि प्राप्त गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल राजदूतवास ओसाका कन्सुलर कुनिओ इमानिसी कार्यक्रममा सहभागी भई बिधार्थीलाई हौसाला दिई सहयोग गर्दिनुभएको थियो ।
प्रतियोगिताको निर्णायक मण्डलमा ओसाका साङ्ग्यो बिश्वबिध्यालका प्राध्यापक हामाजाकी, डा मनोहर लाल श्रेष्ठ र नाकाहिरा सेन्सेई हुनुहुन्थ्यो।जापानिज भाषा बक्तित्वकला साथ साथै समाजसेवी तथा पूर्व नेसाजका अध्यक्ष जिज्ञान कुमार थापा, पूर्व एनआरएनए जापानका अध्यक्ष पारश मणि पोखरेल , एनआरएनए कान्साईकाका पूर्व संयोजक नरेन्द्र बस्नेत(दिनेश) , डा. प्रितम गुरुङ, डा. सुमन श्रेष्ठका तर्फबाट बिधार्थीहरुलाई मनोबल बढाउन प्रेरक भाषण दिनुभएको थियौ ।
कार्यक्रममा सांस्कृतिक प्रस्तुती र उदघोषकमा दुर्गा मरिसिनीले साथ दिनु भएको थियो ।
कार्यक्रमको समापन गर्नुहुँदै नेसाज केन्द्रिय सदस्य तथा कार्यक्रमका संयोजक पुर्ण गर्बुजा सम्पुर्ण सहभागी , सहयोगीहरु र यस कार्यक्रमका मुख्य प्रयाजोक क्योदाई रेमिटेन्स प्रति धन्यबाद ज्ञापन गर्नुभयो।

वि.सं.२०७४ असार २४ शनिवार ०४:४४ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...