back

सेवालोसले वार्सिलोनाको सट्टा रियल रोजे, रियल सँग ६ वर्षको सम्झौता

वि.सं.२०७४ असार २५ आइतवार

516 

shares
IME Limited
NTC AD

ceballos

२५ असार, काठमाडौँ । स्पेनिश क्लब रियल बेटिसबाट व्यावसायिक फुटबल खेल्दै आएका २० वर्षे मिडफिल्डर डानी सेवालोसले रियलसँग ६ वर्षको सम्झौता पत्रमा हस्ताक्षर गर्ने भएका छन् । रियलले उनलाई भित्राउन करिब १८ मिलियन युरो बराबरको रकम तिरेको हो । सेवालोसको सम्झौताको घोषणा सोमबार हुने छ । सम्झौता लगत्तै उनी रियल सँग प्रि सिजन टुरको लागि अमेरिका प्रस्थान गर्ने छन् ।

cebalos

अघिल्लो सिजन स्पेनिश क्लब रियल बेटिस बाट खेल्दा लालिगामा उत्कृष्ट प्रर्दशन गरेका थिए । गत महिना भएको २१ वर्ष मुनिको युरो कपमा स्पेनको प्रतिनिधित्व गर्दै सेवालोसले उत्कृष्ट प्रर्दशन गर्दै सेवालोसले स्पेनलाई फाईनल सम्म पु¥याउन महत्वपुर्ण भुमिका खेलेका थिए । युरोमा उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीको रुपमा घोषित भएका थिए ।
उनलाई किन्न अर्को स्पेनिश क्लब वार्सिलोनाले पनि इच्छा देखाएको थियो । तर अन्तत उनलाई रियलले अनुबन्धित गरेको हो । सेवालोसलाई युरोपकै उत्कृष्ट मिडफिल्डर बन्ने आकँलन गरिएको छ । उनलाई स्पेनिश भेट्रान मिडफिल्डर आन्द्रेस इनिष्टाको उत्तराधिकारीको रुपमा समेत हेरिएको छ ।

उनलाई स्पेन तथा रियललाई अर्को उचाईमा पु¥याउन सक्ने प्रतिभाको रुपमा हेरिएको छ ।

वि.सं.२०७४ असार २५ आइतवार ०६:२४ मा प्रकाशित

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

प्रेम परियार,ओस्लो, नर्बे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा...

क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफलः राष्ट्रपति

क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफलः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज...

एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

काठमाडौँ । एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिका...

एसिसी पुरुष यु-१६ःनेपाल बलिङ गर्दै

एसिसी पुरुष यु-१६ःनेपाल बलिङ गर्दै

काठमाडौँ । एसियाली क्रिकेट परिषद् (एसिसी) पुरुष यु–१६ ‘इस्ट जोन’...

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई सहजै हरायो

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई सहजै हरायो

काठमाडौँ । एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह...

एएफसी महिला एसियन कपः पहिलो आफमा नेपालको अग्रता

एएफसी महिला एसियन कपः पहिलो आफमा नेपालको अग्रता

काठमाडौँ । उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत...