२५ असार, काठमाडौँ । सल्यानमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । २८ जना घाइते भएका छन् । दाङबाट रुकुमका लागि छुटेको ना ४ ख ५७५४ नम्बरको बस आइतबार बिहान सल्यानको त्रिवेणी गाउँपालिका–५ सल्लेखोला नजिकै दुर्घटना भएको हो ।
ज्यान गुमाएका दुईजनाको सनाखत नभएको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल खलंगामा उपचार भईरहेको छ । गम्भीर घाईतेहरुलाई उपचारको लागि दाङ र नेपालगञ्ज लगिएको छ । बस सडकबाट झण्डै ५० मिटर तल खसेको हो ।
वि.सं.२०७४ असार २५ आइतवार ०७:२८ मा प्रकाशित