back

रुपन्देहीमा डेंगु रोगको संक्रमण बढ्यो

वि.सं.२०७४ साउन २ सोमवार

624 

shares
IME Limited
NTC AD

dengu२ साउन, लुम्बिनी । रुपन्देहीमा डेंगुको संक्रमण बढेको पाइएको छ । गत वर्ष सातजनालाई मात्रै देखा परेको डेंगुको संक्रमण यस वर्ष बढेर १६१ जनामा देखा परेको जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देही जिल्लामा यो वर्ष उपचार गर्न पुगेकामध्ये १६१ जनामा डेंगु भएको जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । गत बर्ष साउन १ गतेदेखि असार मसान्तसम्मको रिपोर्टअनुसार रुपन्देहीमा यो संख्यामा डेंगुका बिरामी भेटिएको हो । यो तथ्याँक विगत चार वर्षकै सबभन्दा बढी हो ।

संक्रमितको संख्या बढ्दै गएपछि टोलीले प्रभावित क्षेत्रमा लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्ने अभियानसँगै चेतनामूलक कार्यक्रम चलाउने भएकोे छ । जनस्वास्थ्य कार्यालय रुपन्देहीले स्वास्थ्यकर्मी, स्वयंसेविकासहितको टोली परिचालित गर्ने बताएको छ ।

टोलीले साउन २ र ३ गते सिद्धार्थनगरका १३ वटै वडाका प्रत्येक घरघरमा लामखुट्टे र लार्भाका सम्भावित बासस्थानको खोजी र नष्ट गर्ने, लामखुट्टे संकलन र चेतनामूलक कार्यक्रम गर्ने र उक्त टोलीलाई सम्पूर्ण प्रकारको सहयोग गरी डेंगु नियन्त्रणमा सहयोग गर्न नगरवासीलाई अनुरोधसमेत गरेको छ ।

लामखुट्टेको टोकाइबाट अति नै शीघ्ररूपमा फैलने भाइरसको संक्रमणबाट यो रोग फैलने गर्छ । यो रोग एक मानिसबाट अर्को मानिसमा एडिस एजिप्टाई नामक पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ ।

डेंगुको संक्रमण भएका बिरामीमा उच्च ज्वरो, आँखाको गेडी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाक लाग्ने, टाउको दुख्ने, नाकबाट रगत बग्ने, दिसा कालो हुनेजस्ता लक्षण देखिन्छ ।

गर्मी मौसम भएकाले पनि डेंगुका बिरामी बढेको बढ्यै छ । डेंगुलाई समयमा नै नियन्त्रण गर्न नसके रुपन्देहीमा महामारीकै रुप लिने आँकलन गरिएको जिल्ला जनस्वाथ्य कार्यालय रूपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताउनुभयो ।

यो रोग फैलाउने लामखुट्टेले सफा जमेको पानीमा फूल पार्ने भएकाले सहरी क्षेत्रका वर्षात्को सफा पानी भएको टिनका डिब्बा, टायर, खाली ड्रम, गमला, कुलर, पानी ट्यांकी आदिमा जम्मा भएर बस्ने भएकाले बच्नका लागि पानी जम्ने ठाउँलाई सफा गरी जम्नै नदिने, समय समयमा पानी फेर्ने, लामखुट्टे भगाउने मलम प्रयोग गर्ने, पूरा कपडा लगाउने र घर वरिपरि सफा राखी पानी जम्ने खाल्टाखुल्टी पुरी अभियानलाई सफल पार्न आग्रह गरेको छ ।

वि.सं.२०७४ साउन २ सोमवार ०३:५३ मा प्रकाशित

लुम्बिनीसहित चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

लुम्बिनीसहित चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

  काठमाडौं । देशभर साधारणतया मनसुनी वायुको प्रभाव रहेको छ...

वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध

वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध

नवलपुर (नवलपरासी) । निरन्तरको वर्षाले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डमा...

सीमा नाकामा कोरोनाको जोखिम कायमै

सीमा नाकामा कोरोनाको जोखिम कायमै

कञ्चनपुर । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना...

प्रधानमन्त्रीसमक्ष सुुझाव प्रतिवेदन हस्तान्तरण

प्रधानमन्त्रीसमक्ष सुुझाव प्रतिवेदन हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौं–तराई/मधेस...

दूतावासद्वारा नेपाल-चीन व्यापार सहजीकरण र व्यवस्थापनका विषयमा अन्तरक्रिया

दूतावासद्वारा नेपाल-चीन व्यापार सहजीकरण र व्यवस्थापनका विषयमा अन्तरक्रिया

  काठमाडौं । नेपाली महावाणिज्य दूतावास, ल्हासाले नेपाल-चीन व्यापार सहजीकरण...

उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न

उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज उच्चस्तरीय सुशासन...