back
CTIZAN AD

रुपन्देहीमा डेंगु रोगको संक्रमण बढ्यो

वि.सं.२०७४ साउन २ सोमवार

930 

shares

dengu२ साउन, लुम्बिनी । रुपन्देहीमा डेंगुको संक्रमण बढेको पाइएको छ । गत वर्ष सातजनालाई मात्रै देखा परेको डेंगुको संक्रमण यस वर्ष बढेर १६१ जनामा देखा परेको जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देही जिल्लामा यो वर्ष उपचार गर्न पुगेकामध्ये १६१ जनामा डेंगु भएको जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । गत बर्ष साउन १ गतेदेखि असार मसान्तसम्मको रिपोर्टअनुसार रुपन्देहीमा यो संख्यामा डेंगुका बिरामी भेटिएको हो । यो तथ्याँक विगत चार वर्षकै सबभन्दा बढी हो ।

संक्रमितको संख्या बढ्दै गएपछि टोलीले प्रभावित क्षेत्रमा लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्ने अभियानसँगै चेतनामूलक कार्यक्रम चलाउने भएकोे छ । जनस्वास्थ्य कार्यालय रुपन्देहीले स्वास्थ्यकर्मी, स्वयंसेविकासहितको टोली परिचालित गर्ने बताएको छ ।

टोलीले साउन २ र ३ गते सिद्धार्थनगरका १३ वटै वडाका प्रत्येक घरघरमा लामखुट्टे र लार्भाका सम्भावित बासस्थानको खोजी र नष्ट गर्ने, लामखुट्टे संकलन र चेतनामूलक कार्यक्रम गर्ने र उक्त टोलीलाई सम्पूर्ण प्रकारको सहयोग गरी डेंगु नियन्त्रणमा सहयोग गर्न नगरवासीलाई अनुरोधसमेत गरेको छ ।

लामखुट्टेको टोकाइबाट अति नै शीघ्ररूपमा फैलने भाइरसको संक्रमणबाट यो रोग फैलने गर्छ । यो रोग एक मानिसबाट अर्को मानिसमा एडिस एजिप्टाई नामक पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ ।

डेंगुको संक्रमण भएका बिरामीमा उच्च ज्वरो, आँखाको गेडी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाक लाग्ने, टाउको दुख्ने, नाकबाट रगत बग्ने, दिसा कालो हुनेजस्ता लक्षण देखिन्छ ।

गर्मी मौसम भएकाले पनि डेंगुका बिरामी बढेको बढ्यै छ । डेंगुलाई समयमा नै नियन्त्रण गर्न नसके रुपन्देहीमा महामारीकै रुप लिने आँकलन गरिएको जिल्ला जनस्वाथ्य कार्यालय रूपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताउनुभयो ।

यो रोग फैलाउने लामखुट्टेले सफा जमेको पानीमा फूल पार्ने भएकाले सहरी क्षेत्रका वर्षात्को सफा पानी भएको टिनका डिब्बा, टायर, खाली ड्रम, गमला, कुलर, पानी ट्यांकी आदिमा जम्मा भएर बस्ने भएकाले बच्नका लागि पानी जम्ने ठाउँलाई सफा गरी जम्नै नदिने, समय समयमा पानी फेर्ने, लामखुट्टे भगाउने मलम प्रयोग गर्ने, पूरा कपडा लगाउने र घर वरिपरि सफा राखी पानी जम्ने खाल्टाखुल्टी पुरी अभियानलाई सफल पार्न आग्रह गरेको छ ।

वि.सं.२०७४ साउन २ सोमवार ०३:५३ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...