back

कनकाई नदीले बगाएर बेपत्ता बनेका फुयाँल मृत फेला

वि.सं.२०७४ साउन २ सोमवार

444 

shares
GLOBAL IME AD
NTC AD

२ साउन, सुरुङ्गा (झापा) । कनकाई नदीले बगाएर बेपत्ता बनेका शिवसताक्षी नगरपालिका–७ का २९ वर्षीय कमल फुयाँलको शव फेला परेको छ ।

प्रहरीले आइतबार राति फुयाँललाई बगाएको ठाउँबाट झण्डै ५०० मिटर तल मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरि शर्माले जनाकारी दिनुभयो । शिवसताक्षी–१० दोमुखामा नदी तर्दै गर्दा फुयाँल बगेर बेपत्ता भएका थिए ।

पाँच वर्षीया बालिकालाई करणी अभियोगमा पक्राउ

पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले झापाको हल्दिवारी गाउँपालिका–१ बाट ४८ वर्षीय गोपाल महतलाई स्थानीयवासीको सहयोगमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शनिबार सोही गाउँपालिका–२ सुकुम्वासी टोल निवासी एक बालिकालाई उनले जबर्जस्ती करणी गरेको उजुरीपछि महतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरि शर्माले जानकारी दिनुभयो ।

वि.सं.२०७४ साउन २ सोमवार ०४:३५ मा प्रकाशित

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

काठमाडौँ । लगानी र प्रतिफल सुनिश्चित भएमा भारतीय व्यापारिक घरानाले...

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

काठमाडौँ । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१...

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका...

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

काभ्रेपलाञ्चोक । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक...

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव र नेपालका लागि जापानका राजदूत...

प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने

प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी...