back
CTIZAN AD

शिक्षालाई मर्यादित र व्यवहारिक बनाउनुपर्ने सरोकारवालाहरुको जोड

वि.सं.२०७४ साउन ३ मंगलवार

702 

shares

cityp३ साउन,पोखरा । शैक्षिक गुणस्तरका लागि प्रमाणपत्र लिनेमात्र नभई मौलिकता, सांस्कृतिक, मानवअधिकारमैत्री एवम् प्रविधियुक्त शिक्षाको खाँचो रहेको सोमबार आयोजित एक कार्यक्रममा औँल्याइएको छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) द्वारा आयोजित पाँचदिने राष्ट्रिय दक्षता अभिवृद्धि तालीम उद्घाटनका अवसरमा वक्ताहरुले शिक्षालाई व्यावहारिक र मर्यादित बनाउनुपर्नेमा जोड दिएका हुन् ।

जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले मुलुकमा दुई किसिमको शिक्षा रहेको बताउँदै विश्व बजारमा सामुदायिक र निजी क्षेत्रको शिक्षाको कस्तो हैसियत रहेको छ त्यसको अध्ययन अनुसन्धान गरिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

यस वर्ष राज्यको कूल बजेटको ११ प्रतिशत र कूल गाहस्र्थ उत्पादनको तीन प्रतिशत लगानीले मुलुकको शैक्षिक विकासमा पर्याप्त नहुने बताउँदै उहाँले भन्नुभयो – “मुलुकका आधारभूत शिक्षाबाट वञ्चित ३।५ प्रतिशत बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन सामूहिक प्रयास आवश्यक छ ।”

संस्थाका कार्यबाहक अध्यक्ष सुरेन्द्रमान श्रेष्ठले सबैका लागि गुणस्तरीय, समावेशी, समतामूलक र जीवनोयोगी शिक्षाका पक्षमा संस्थाले गतिविधि अगाडि बढाउँदै आएको जानकारी दिनुभयो ।

इन्सेक पश्चिमाञ्चलका प्रमुख शिव खकुरेलले शिक्षालाई अधिकारसँग जोड्नु पर्ने बताउँदै राज्यले नीति तथा कार्यक्रममा सम्बोधन गरेपनि कार्यान्वयन हुन नसक्दा शैक्षिक गुणस्तर कायम हुन नसकेको धारणा राख्नुभयो ।

शिक्षाका लागि राष्ट्रिय सञ्जाल, कास्कीका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका महासचिव डिल्लीराम सुवेदीलगायतले सहरी आकर्षण बढ्नु, पाठ्यपुस्तक समयमा नपुग्नु, शिक्षक समयमा नपुग्नु र विभिन्न बहानामा शुल्क लिइने गर्दा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घटेको बताउनुभयो ।

उक्त तालीममा मुलुकका विभिन्न ३० जिल्लाका ५० जनाको सहभागिता रहेको छ ।

वि.सं.२०७४ साउन ३ मंगलवार ०४:०७ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...