back
CTIZAN AD

रोमविधानबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण

वि.सं.२०७४ साउन ३ मंगलवार

756 

shares

palpadurbar

३ साउन, रामपुर,पाल्पा । अन्तर्राष्ट्रिय फौजदारी अदालत रोम विधान अनुमोदन गर्न पाल्पाका मानवअधिकारवादी सङ्घसंस्थाले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन् ।

पाल्पाका मानवअधिकारवादी सङ्घसंस्थाले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौँलाई रोम विधान अनुमोदन गर्न ज्ञापनपत्र बुझाएका हुन् ।

इन्सेक, मानवअधिकार निगरानी समूह, नेपाल बार एशोशिएशन, शान्तिका लागि साझा अभियान, मानवअधिकार शिक्षा मञ्च, राष्ट्रिय मानवअधिकार सरोकार केन्द्र र पाल्पा विकास केन्द्रले प्रमुख जिल्ला अधिकारी बाबुराम गौतममार्फत रोम विधान पारित गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका हुन् ।

हालसम्म ११९ देशले रोम विधानलाई अनुमोदन गरेको र एशियामा १९ देशले अनुमोदन गरिसकेको अवस्था रहेको छ ।

पुनःस्थापित प्रतिनिधिसभाले २०६३ साउन ९ गते रोम विधान अनुमोदन गर्न निर्देशनात्मक आदेश दिएको र तत्कालीन परराष्ट्रमन्त्री उपेन्द्र यादवले २०६५ माघ २९ गते मन्त्रिपरिषद्को बैठकमा रोम विधानको एजेण्डा पेश गरे पनि पारित हुन सकेको थिएन ।

वि.सं.२०७४ साउन ३ मंगलवार ०४:०९ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...