back
CTIZAN AD

ऐतिहासिक गोरखा दरबार पुनःनिर्माण सुरु

वि.सं.२०७४ साउन ४ बुधवार

975 

shares

gorkha-durbar

४ साउन, गोरखा । विसं २०७२ को भूकम्पबाट क्षति पुगेको ऐतिहासिक, पुरातात्विक, धार्मिक एवम् पर्यटकीय महत्वको गोरखा दरबारको पुनःनिर्माण थालिएको छ ।

दरबार भत्काएर जगैदेखि पुनःनिर्माण गर्न लागिएको हो । गोरखा दरबार हेरचाह अड्डाका नायब सुब्बा रामेश्वर कट्टेलका अनुसार दरबारलाई चारैतिरबाट जस्ता पाताले घेरेर भत्काउन सुरु गरिएको छ । सो कार्यका लागि रु २० लाख बजेट उपलब्ध भएको उहाँले बताउनुभयो ।

पुरातत्व विभागले जगैदेखि दरबार पुनःनिर्माण गर्न भनेपछि भत्काउन सुरु गरिएको हो । पुरातत्व विभागले पुनःनिर्माणका लागि रु पाँच करोड ५० लाख उपलब्ध गराएको छ ।

दरबारका मूल पूजारी प्रदीपनाथ योगीले नेपाल एकीकरणको थालनी भएको गोरखा दरबारलाई पुनःनिर्माण गरेपछि भावी सन्ततीलाई यसबारे जानकारी गराउन सकिने भन्दै खुशी व्यक्त गर्नुभयो । भूकम्पले दरबारको गारो चर्कनुका साथै आँगन दबेको थियो ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले २० वर्षको उमेरमा राज्याभिषेक गरेको गोरखा दरबारसँगै रहेको गोरखकाली मन्दिर (राजपरिवारको कुलदेवता), गोरखनाथ गुफा, रोट पोल्ने ठाउँ, चौधेरा दरबार (राजपरिवार आउँदा बस्ने ठाउँ), विद्यामन्दिर, पण्डित पाटी, पशुपतिनाथको मन्दिर, शीत्तल पाटीलगायतलाई भूकम्पले क्षति पु¥याएको थियो ।

गोरखनाथ गुफास्थित मन्दिरको पुनःनिर्माण सकिएको छ । भूकम्पपछि एक महिनासम्म दरबारमा पूजाअर्चनाका लागि भक्तजनलाई रोक लगाइएको थियो । भूकम्पबाट क्षति पुगेका संरचना हटाएपछि अहिले निर्वाध रुपमा पूर्जाअर्चना हुँदै आएको छ । गारो चर्किएकाले जुनसुकै बेला भत्कन सक्ने खतरा थियो । भूकम्पपछि प्राप्त भएको रु ३६ लाख बजेटमा भत्किएका केही संरचना पुनःनिर्माण गरिएका छन् ।

दरबारको पुनःनिर्माण गर्न करिब तीन वर्ष लाग्ने छ । पुनःर्निर्माण गरिँदा पूजाआजा नरोकिने गरी व्यस्थापन गर्न लागिएको छ ।

वि.सं.२०७४ साउन ४ बुधवार ०६:३९ मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना अघि बढाउने...

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

काठमाडौँ । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको...