back
CTIZAN AD

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा २५ गैँडा मरे

वि.सं.२०७४ साउन ४ बुधवार

999 

shares

rhino

४ साउन, रत्ननगर (चितवन) । चितवन राष्ट्रिय निकुञ्ज तथा आसपास क्षेत्रमा गएको एक वर्षमा विभिन्न कारणले २५ वटा गैँडा मरेका छन् ।

चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले दिएको जानकारीअनुसार २१ वटा गैँडा प्राकृतिक कारणले मरेका भएपनि चारवटा गैँडा भने मानवीय कारणले मरेका हुन् ।

अघिल्लो वर्षको साउनदेखि अहिलेसम्म मरेका २५ गैँडामध्ये एउटा तस्करबाट र दुईवटा करेन्ट लागेर मरेका छन् । एउटा गैँडा भने रौतहटमा गोली लागी उपचारका लागि चितवन ल्याइएकोमा पछि मरेको हो ।

उहाँले अघिल्लो वर्ष विभिन्न कारणले १५ वटा गैँडा मरेकामा यो वर्ष बढेर २५ वटा पुगेको जानकारी दिनुभयो । “यो वर्ष भने १० वटा बढी गैँडा मरे”, अर्यालले भन्नुभयो, “दुईवटा करेन्ट लागेर, एउटा तस्करबाट र एउटा रौतहटमा गोली लागेर ल्याइएको गैँडा म¥यो । अरु बाँकी २१ वटा प्राकृतिक कारणले मरेका छन् ।”

एउटा गैँडा चौधरी ग्रुपले सञ्चालन गरेको मेघौली सेराइ होटलले छाडेको करेन्ट लागेर मरेको थियो । अर्को गैँडा पनि नवलपरासीको गैँडाकोटमा करेन्ट लागेर मरेको निकुञ्जले जनाएको छ ।

अर्को एउटा पश्चिम चितवनको जगतपुरमा शून्य चोरी शिकार वर्षको एक हजार ७१ दिनपछि गएको चैतमा तस्करबाट गैँडा मारिएको हो ।

अन्य २१ वटामध्य एउटा गैँडा बच्चा जन्माउन नसकेर तथा अन्य गैँडा बूढो भएर, जुधेर, अन्य गैँडाले हानेर तथा लडेर मरेका अर्यालले जानकारी दिनुभयो ।

वि.सं.२०७४ साउन ४ बुधवार ०६:१४ मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना अघि बढाउने...

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

काठमाडौँ । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको...