back
CTIZAN AD

ह्विल चियरको जिन्दगी’ सार्वजनिक

वि.सं.२०७४ साउन ८ आइतवार

777 

shares

wheel chair

८ साउन, काठमाडौँ । साँगास्थित स्पाइनलइन्जुरी पुनःस्थापना केन्द्रमा कृष्णप्रसाद भण्डारीद्वारा लिखित ‘ह्विलचियरको जिन्दगी’ कृति विमोचन गरिएको छ ।
मेरुदण्ड पक्षाघात भएका करिब ६० बिरामीका बीचमा सोही समस्याबाट पीडित सिन्धुपाल्चोककी छ वर्षीया सलिना श्रेष्ठ र मुगुकी आठ वर्षीया वन्दना रावलले शनिबार उक्त कृतिको लोकार्पण गरे ।
सो अवसरमा समालोचक डा देवी नेपालले अरूलाई अपाङ्ग देख्ने मानसिक अपाङ्गहरूले यो समाज र सिङ्गो देशलाई धोका दिएका छन् भन्दै भण्डारीको लेखनले हरेक मान्छेलाई उत्साहपूर्ण जीवन जिउने कला सिकाएर आशावादी, सङ्घर्षशील एवं सकारात्मक समाज निर्माणमा ठूलो योगदान दिएको बताउनुभयो ।
दृष्टिविहीन सरिता लामिछानेले शारीरिक अपाङ्गता भएकाहरूभित्र अनन्त सम्भावना र चौतर्फी अनुभूति हुने हुँदा कसैले पनि निराश र हतार हुन नहुने विचार व्यक्त गर्नुभयो । नेपालीमा एमए र बीएडसम्मको शिक्षा हासिल गरी शिक्षण पेसामा संलग्न रहेकै समयमा तीनवर्ष अगाडिबाट मेरुदण्ड पक्षाघातको शिकार हुनुभएका स्रष्टा भण्डारीले उक्त घटनापछि आफ्नो जीवनले नयाँ मोड लिएको र सो मोडलाई सिर्जनात्मक कार्यमा रूपान्तरण गर्न र आफूजस्तै परिस्थितिवश अपाङ्गता स्वीकार्न बाध्य भएकाहरूको हतास मानसिकतामा उत्साह भर्न कृति तयार पारिएको जानकारी दिनुभयो ।
सो कृतिमा मेरुदण्ड पक्षाघात भएपछि पनि आफूभित्र अद्भुत क्षमता निर्माण गरी देश र विदेशमा समेत चर्चित बन्न पुगेका देवी आचार्य, ऋषिराम ढकाल, किशोरबहादुर शाही, छिरी शेर्पा, सोनिका ढकाल, प्रवीण श्रेष्ठ, तिलक पोखरेल, हिमाल अर्याल, रामबहादुर तामाङ, रमेशचन्द्र पाण्डे, लाली तामाङ, कृष्ण चौधरी, लक्ष्मी कुँवर, कृष्ण गौतम र शिव न्यौपानेका सङ्घर्षपूर्ण जीवनकथा समेटिएका छन् । कृतिको प्रकाशन गोदावरी बुक हाउसले गरेको हो । रासस

वि.सं.२०७४ साउन ८ आइतवार ०६:१५ मा प्रकाशित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...