back
CTIZAN AD

ज्योतिषशास्त्रलाई विज्ञानको दृष्टिले हेर्नुपर्छ – बिजुक्छे

वि.सं.२०७४ साउन ८ आइतवार

729 

shares

८ साउन, नगरकोट । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ज्योतिषशास्त्रलाई धर्म र संस्कृतिभन्दा पनि विज्ञानको दृष्टिले हेर्नुपर्ने धारणा राख्नुभएको छ ।
ज्योतिषाचार्य डा वीरेन्द्रप्रसाद कायष्ठद्वारा लिखित ‘ज्योतिष र रोग’ नामक पुस्तकको शनिबार विमोचन गर्दै उहाँले विज्ञानले नै ग्रह र नक्षत्रको प्रभाव हुने पुष्टि गर्दै आएको बताउँदै उहाँले ज्योतिषशास्त्रलाई पनि विज्ञानसम्मत बनाउनुपर्ने र सरकारले ज्योतिषशास्त्रबारे अध्ययनअनुसन्धान गर्ने बन्दोबस्त गर्नुपर्ने सुझाव दिनुभयो । ज्योतिषशास्त्रलाई भाग्यवाद र नियमित आकस्मिकताको पर्याय बन्नबाट रोक्न उहाँले ज्योतिषाचार्यलगायतलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष माधवराज पाण्डे र विश्व ज्योतिष महासंघका अध्यक्ष डा लोकराज पौडेलले सरकारबाट ज्योतिषशास्त्र उपेक्षित बन्दै आएको भनी दुःख व्यक्त गर्नुभयो । नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा ड रामचन्द्र गौतमले यस वर्ष जनै पूर्णिमाका दिन ग्रहण परेकाले नागपञ्चमीका दिन रक्षाबन्धन गर्ने पञ्चाङ्ग समितिले निर्णय गरेको जानकारी दिनुभयो । कार्यक्रममा वास्तुविद् डा माधवमंगल जोशी र राजुमृग्रेन्द्र जोशी, नेपाल ज्योतिष परिषद् उपत्यका समन्वय समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद जोशी, उपाध्यक्ष केदारप्रसाद जोशीलगायतले ज्योतिष शिक्षाबारे जान्न चाहनेका लागि पुस्तकले आधारभूत ज्ञान दिने बताउनुभयो । लेखक डा कायष्ठले पुस्तकलाई दुई खण्डमा बाँडेर २३ लेखलाई कृतिमा संग्रह गर्नुभएको छ । रासस

वि.सं.२०७४ साउन ८ आइतवार ०६:३४ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...