back
CTIZAN AD

सात दिनमै दुई हजारभन्दा बढीको नाम दर्ता

वि.सं.२०७४ साउन ८ आइतवार

720 

shares

८ असार,पोखरा । कास्कीमा सात दिनमै दुई हजार ७०१ जनाले तस्बिरसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई ध्यानमा राखी निर्वाचन आयोगले साउन १ देखि शुरु गरेको मतदाता नामावली संकलन अभियान अन्तर्गत जिल्लामा एक हजार ४७५ पुरुष र एक हजार २२६ महिलाले नाम दर्ता गराएको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिनुभयो ।
बूढाबूढी, अपाङ्गता भएका ,विदेशवाट घर फर्केका र नाम दर्ता गर्न छुट भएका मतदाताले विशेष चासोका साथ पोखरा–लेखनाथ महानगरपालिकाको पार्दीस्थित क्षेत्रीय निर्वाचन कार्यालयमा आएर नाम दर्ता गराएको सुवेदीले बताउनुभयो ।
कार्यालयले यस अवधिमा त्रुटि सच्चाउने, ठाउंँ परिवर्तन र मृत्यु भएकाको मतदाता नामावलीवाट नाम हटाउने काम पनि गर्ने बताइएको छ ।
एक महानगर र चार गाउँंपालिका रहेको कास्कीमा हाल दुई लाख २४ हजार ८११ मतदाता छन् ।
जिससको निर्वाचन प्रक्रिया शुरु
क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जिल्ला समन्वय समिति कास्कीको निर्वाचन प्रक्रियालाई अघि बढाएको छ ।
निर्वाचन कार्यक्रमका लागि जिससको भवनमा सात कर्मचारीसहित आजदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी पांँच दिनभित्र निर्वाचन कार्यक्रम प्रकाशन गरिने क्षेत्रीय निर्वाचन अधिकारी सुवेदीले जानकारी दिनु भयो ।
निर्वाचनका लागि महानगरका प्रमुख र उपप्रमुख, गाउंँपालिका अध्यक्ष र उपाध्यक्ष गरी पांँच तहका १० मतदाता छन् । निर्वाचन गराउने जिम्मा जिल्ला न्यायाधीशलाई दिइएको र प्रमुख तथा उपप्रमुखमा उमेदवारी दिँंदा ५० प्रतिशत महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ ।
जिल्लामा एक प्रमुख र एक उपप्रमुख, एक महिला सदस्य, तीन दलित वा अल्पसंख्यक सदस्य तथा तीन अन्य गरी नौ सदस्यीय जिसस गठन हुने छ । सोका लागि पांँच स्थानीय तहमा निर्वाचित ३८१ जना नै उम्मेदवार बन्न सक्ने छन् ।

वि.सं.२०७४ साउन ८ आइतवार ०८:२१ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...