back
CTIZAN AD

पुष्पलाल अध्ययन समाजद्धारा ३९ औं स्मृति दिवस सम्पन्न

वि.सं.२०७४ साउन ११ बुधवार

696 

shares

p1११ साउन, काठमाडौं ।पुष्पलाल अध्ययन समाजले ३९ औं स्मृति दिवस मनाएको छ ।  पुष्पलाल अध्ययन समाजको कार्यालय धोविधारामा मंगलबार आयोजित कार्यक्रममा पुष्पलालको ३९ औ स्मृति दिवस मनाएको हो ।
पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईको अध्यक्षतामा सम्पन्न भएको उक्त स्मृतिसभामा वक्ताहरुले नेपालका कम्युनिष्ट पार्टीहरुलाई एक बनाउनका लागि पुष्पलालको विचार धारा अपनाउनु पर्ने बताएका थिए ।

p3
सोहि अवसरमा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठउपाध्यक्ष लोकनारायण सुवेदीले पुष्पलालको फोटो पूजा गर्ने गतिबिधि मात्र भएको र देशमा ६ जना कम्युनिष्ट प्रधानमन्त्री बनेपनि जनताका समस्या ज्यूँका त्यूँ रहेको बताएका थिए । उनले अहिले पनि जनताको गाँस बास कपासको व्यवस्थाका लागि पुष्पलालको नयाँजनवादी क्रान्तिको विचारधारालाई अगाडि बढाउन जरुरी रहेको बताए ।
सुवेदीले पुष्पलाललाई आफ्नो स्वार्थ अनूकुल ढालेर बजारको बस्तु बनाएर प्रयोग गर्ने विकृतिविरुद्ध पुष्पलालका अनुयायीहरु एकजुट हुनुपर्ने बताए ।
त्यस्तै अर्का वक्ता वोर्ण कार्कीले कम्युनिष्ट राजनीति मियो विनाको दाइँजस्तो भएर चलेको बताउदै कम्युनिष्ट आन्दोलनले अब जनतालाई केही दिन्छ भन्ने बेलामा ती उपलब्धिहरुमा किरा लागेजसरी काम नलाग्ने भएको बताए ।

p2

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादीका अच्युत ज्ञवाली, बेणीमाधव भट्टराई, हरिहर खनाल, निलकण्ठ तिवारी, पूर्णकला भट्टराई, युवराज भण्डारी, मुकुन्द आर्याच, रवि खनाल लगायतले पुष्पलालको फोटोमा माल्यापर्ण गरी पुष्पलालका विचारलाई अगाडि बढाउनु पर्ने बताएका थिए ।

p5
कौशल अधिकारीको संचालन र चन्दा थापाको स्वागत मन्तव्य रहेको उक्त स्मृति सभामा अध्यक्ष लोककृष्ण भट्टराईले जनताको मुक्तिका लागि अझै पनि आन्दोलनको आवस्यकता रहेको बताएका थिए । उनले रेमिट्यान्स इकोनोमिले यथास्थितिवाद काम नलाग्ने भएको बताउँदै अब देश र जनताका लागि सबैले त्याग गर्नुपर्ने बेला आएको बताएका थिए ।
अध्यक्षले देशभरीका पुष्पलालका अनुयायीहरु एकजुट भएर अगाडि बढ्नुपर्ने बताएका थिए ।

p4

वि.सं.२०७४ साउन ११ बुधवार १०:१५ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...

विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान

विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र...