back
CTIZAN AD

प्रि सिजनमा रियलको कमजोर उपस्थिती, के कुरामा चुक्यो रियल ?

वि.सं.२०७४ साउन १५ आइतवार

672 

shares

KOVACIC

१५ साउन, एजेन्सी । स्पेनिश क्लब रियल म्याड्रिड ले सिजन सुरुवात हुनुभन्दा खेलिने प्रि सिजन खेलमा कमजोर खेल प्रस्तुत गरेको छ । गत सिजन लालिगा तथा च्याम्पियन्स लिगको उपाधि जितेको रियलले आफ्नो प्रि सिजनको खेलमा भने आफ्नो जितको लयलाई निरनतरता दिन भने् सकेन । रियलले प्रि सिजन अन्र्तगत अमेरिका भ्रमणमा खेलेका ३ खेल मध्ये सबै खेल गुमाएको हो । पहिलो खेलमा म्यानचेष्टर युनाईटेड सँग पराजय भोगेको रियलले आफ्नो दोस्रो खेलमा म्यानचेष्टर सिटी सँग भारी गोल अन्तरले पराजय भोगेको थियो यसै गरि आजको खेलमा घरेलु प्रतिदन्द्धी वार्सिलोनासँग समेत पराजित हुन पुग्यो । सिजनको सुरुमा हुन लागेको युएफा सुपर कप र स्पेनिश सुपर कपका प्रतिद्वनद्धी सँग पराजित भएसँगै रियलमा केही दवाब थपिएको छ ।
रियलका मिडफिल्डरहरुले राम्रो प्रस्तुत गरेतापनि रियलले गोल गर्ने कुरामा भने चुकेको देखिन्छ । आक्रामक लाईनबाट करिम बेन्जेमा, ग्यारेथ बेलले राम्रो प्रर्दशन गर्न सकेनन् । रियलको आक्रामक लाईन रोनाल्डोमा निर्भर रहेको कुरा प्रि सिजनको खेलबाट स्पष्ट थाहा हुन्छ । अघिल्लो सिजन राम्रो प्रर्दशन गरेतापनि अवसर नपाएर चेल्सी गएका मोराटाको ठाउमा स्तरिय स्ट्राईकरको समेत अभाव भएको देखिन्छ ।
यसै गरि भेट्रान डिफेन्डर पेपेको कमी समेत रियलको रक्षात्मक लाईनले गरेको छ ।  मिडफिल्डबाट गोल गर्ने राम्रा अवसरहरु सिर्जना भएतापनि गोल गर्नें पर्याप्त अवसर गुमाउदा रियलले खेल गुमाएको हो ।

वि.सं.२०७४ साउन १५ आइतवार १०:२९ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...