back
CTIZAN AD

२७ जिल्लाका १०४ जना स्क्रब टाइफसबाट संक्रमित

वि.सं.२०७४ साउन २० शुक्रवार

672 

shares

scrub-typhus

२० साउन, रत्ननगर (चितवन) । नेपालमा विभिन्न २७ जिल्लामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माका अनुसार पछिल्लो प्रतिवेदनबाट २७ जिल्लामा संक्रमण फैलिएको देखिएको छ ।

साउन महिनाको अहिलेसम्म १०४ जना संक्रमित भएको पाइएको र यो बढ्दो क्रममा रहेको डा शर्माले जानकारी दिनुभयो ।

सबैभन्दा बढी चितवनमा संक्रमण पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले जिल्लामा साउन १९ गतेसम्म २४३ जनाको परीक्षण गरिएको र ६१ जनामा स्क्रब टाइफस भेटिएको बताउनुभयो ।

चितवनको भरतपुर अस्पतालमा २२, रत्ननगर अस्पतालमा तीन, नारायणी सामुदायिक अस्पतालमा २५ र चितवन मेडिकल कलेजमा ११ जनामा रोग फेला परेको केसीको भनाइ छ ।

इपिडिमियोलोजी शाखाका प्रमुख शर्माका अनुसार अघिल्लो वर्ष नेपालमा ८३१ जना यो रोगबाट संक्रमित भएकामा १४ जनाको मृत्यु भएको थियो । चितवनमा भने १०९ जनामा संक्रमितमध्ये चारजनाको ज्यान गएको थियो ।

ज्वरो आएपछि औषधि पसलमा गएर औषधि खाने र अलि जटिल भएपछि मात्रै अस्पताल जाने गर्दा जटिलता पैदा हुने गरेको भन्दै उहाँले सामान्य ज्वरो आउनेबित्तिकै स्वास्थ्य संस्था जान सर्वसाधारणलाई आग्रह गर्नुभयो । समयमै अस्पताल गए रोग निको हुने उहाँको भनाइ छ ।

माइट नामको एक प्रकारको सूक्ष्म किराले टोकेमा यो रोग सर्छ । यो रोग किटाणु मुसाको कानमा बस्ने गर्छ । एउटा माइटमा रोग संक्रमण भएपछि फुलमा सर्ने र यसको संक्रमण २४ पुस्तासम्म जाने अध्ययनले देखाएको शर्माले बताउनुभयो ।

नेपालमा २०७२ सालमा पहिलोपटक यो रोग देखा परेको थियो । चितवनमा २०७३ सालमा यो रोग देखिएको थियो । गएको वर्ष चितवनमा मुसा र माइटमा गरिएको अध्ययनमा समेत संक्रमण भेटिएको थियो ।

मुसाबाट घाँसपातमा झर्ने र सोही घाँसपातमा जाँदा मानिसमा सरेर यसले टोक्छ । यो रोग लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीरमा पीडा हुने गर्छ ।

वि.सं.२०७४ साउन २० शुक्रवार ०८:२८ मा प्रकाशित

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...