Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

२७ जिल्लाका १०४ जना स्क्रब टाइफसबाट संक्रमित



scrub-typhus

२० साउन, रत्ननगर (चितवन) । नेपालमा विभिन्न २७ जिल्लामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माका अनुसार पछिल्लो प्रतिवेदनबाट २७ जिल्लामा संक्रमण फैलिएको देखिएको छ ।

साउन महिनाको अहिलेसम्म १०४ जना संक्रमित भएको पाइएको र यो बढ्दो क्रममा रहेको डा शर्माले जानकारी दिनुभयो ।

सबैभन्दा बढी चितवनमा संक्रमण पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले जिल्लामा साउन १९ गतेसम्म २४३ जनाको परीक्षण गरिएको र ६१ जनामा स्क्रब टाइफस भेटिएको बताउनुभयो ।

चितवनको भरतपुर अस्पतालमा २२, रत्ननगर अस्पतालमा तीन, नारायणी सामुदायिक अस्पतालमा २५ र चितवन मेडिकल कलेजमा ११ जनामा रोग फेला परेको केसीको भनाइ छ ।

इपिडिमियोलोजी शाखाका प्रमुख शर्माका अनुसार अघिल्लो वर्ष नेपालमा ८३१ जना यो रोगबाट संक्रमित भएकामा १४ जनाको मृत्यु भएको थियो । चितवनमा भने १०९ जनामा संक्रमितमध्ये चारजनाको ज्यान गएको थियो ।

ज्वरो आएपछि औषधि पसलमा गएर औषधि खाने र अलि जटिल भएपछि मात्रै अस्पताल जाने गर्दा जटिलता पैदा हुने गरेको भन्दै उहाँले सामान्य ज्वरो आउनेबित्तिकै स्वास्थ्य संस्था जान सर्वसाधारणलाई आग्रह गर्नुभयो । समयमै अस्पताल गए रोग निको हुने उहाँको भनाइ छ ।

माइट नामको एक प्रकारको सूक्ष्म किराले टोकेमा यो रोग सर्छ । यो रोग किटाणु मुसाको कानमा बस्ने गर्छ । एउटा माइटमा रोग संक्रमण भएपछि फुलमा सर्ने र यसको संक्रमण २४ पुस्तासम्म जाने अध्ययनले देखाएको शर्माले बताउनुभयो ।

नेपालमा २०७२ सालमा पहिलोपटक यो रोग देखा परेको थियो । चितवनमा २०७३ सालमा यो रोग देखिएको थियो । गएको वर्ष चितवनमा मुसा र माइटमा गरिएको अध्ययनमा समेत संक्रमण भेटिएको थियो ।

मुसाबाट घाँसपातमा झर्ने र सोही घाँसपातमा जाँदा मानिसमा सरेर यसले टोक्छ । यो रोग लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीरमा पीडा हुने गर्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ