back
CTIZAN AD

मिर्गौला रोगले जेठो बित्यो, माइलो अस्पतालमा छट्पटिँदै

वि.सं.२०७४ साउन २४ मंगलवार

732 

shares

२४ साउन, खोटाङ । दुवै मिर्गौला काम नलाग्ने भएपछि जेठा छोरा सुमनको १९ वर्षमै मृत्यु भयो । सुमनको काजकिरिया नसकिँदै माइला छोरा सोही रोगबाट जीवनमरणको दोसाँधमा पुगेका छन् ।

हुर्किसकेको एउटा छोराको मृत्यु हुनु र अर्को छोरा पनि सोही रोगले थलिँदा स्थानीय दिप्रुङ गाउँपालिका–२ डाँडागाउँका पदमबहादुर र मीना थापा पिडामा छन् । २०५५ सालमा जन्मिएका जेठा छोरा सुमनको स्वास्थ्यमा देखिएकै लक्षण माइलो छोरा सरोजमा पनि देखिएको छ ।

रोगले निक्कै च्यापेपछि अहिले माइलो छोरा सरोजलाई थप उपचारका लागि शिक्षण अस्पताल काठमाडौँ पु¥याइएको छ । जेठा छोरा गुमाएको घाउ पुरिन नपाउँदै थापा परिवारमाथि फेरि उस्तै संकट दोहोरिन पुगेको छ ।

महेन्द्रोद्वय मावि ओख्रेडाँडागाउँबाट यसपल्ट एसइइ उत्तीर्ण गरेका सुमनको दुवै मिर्गौलाले काम गर्न छाडेपछि गत असार १६ गते मृत्यु भएको थियो । घरजग्गा बन्धकी राखेर उपचार गराए पनि थापा दम्पतीले जेठा सुमनलाई बचाउन सकेनन् ।

गाला दुख्ने समस्याबाट थलिएका सुमनको क्रमशः पेट दुख्ने, श्वास बढ्नेलगायतका समस्या थपिँदै गएर अन्तमा मृत्यु भएको आमा मीनाले बताउनुभयो । “रोगले च्याप्दै लगेपछि छोरालाई बचाउन धेरै अस्पताल चहा¥यौँ, तर बचाउन सकिएन ।” उहाँले भन्नुभयो, “छोरा पनि गुमाइयो, रु छ लाख ऋण पनि लाग्यो ।”

आर्थिक अवस्था कमजोर भएका कारण जेठो छोरा गुमाएका थापा परिवारले माइला छोराको जीवन रक्षाका लागि आफन्त तथा शुभेच्छुकसमक्ष सहयोगको याचना गरेका छन् । “आफूसँग फुटेको कौडी छैन ।” आँखाभरि आँसु पार्दै आमा मीनाले भन्नुभयो, “आफ्नै आँखा अगाडि फेरी अर्को छोरा मरेको हेरेर म कसरी बाँचु १”

शिक्षण अस्पतालमा उपचार गराइरहेका ११ वर्षीय सरोज कक्षा ५ मा अध्ययनरत छन् । थापा परिवारसँग सरोजको उपचार गर्ने आर्थिक क्षमता नहुँदा हाल फेसबुकबाट ‘सरोज थापा बचाउ अभियान’ सञ्चालन भइरहेको छ ।

फेसबुक पेजबाट देश तथा विदेशबाट उपचार खर्च संकलन भइरहेको उनका ठूलोबुबा मनोज थापाले बताउनुभयो ।

एक रोपनी जग्गा भएका थापा परिवारले वर्षभरी खाने अन्न जुटाउन मेलापात र अर्मपर्म गर्दै आएका छन् । सरोजलाई आर्थिक सहयोग गर्न चाहनुहुने महानुभावले उनकी आमा मीना थापालाई ९८६१९८५९७३ र उनका ठूलो बुबाको छोरा मनोज थापालाई ९८४०१६६३०५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

वि.सं.२०७४ साउन २४ मंगलवार ०८:०३ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...