back
CTIZAN AD

राहत सामग्री वितरण

वि.सं.२०७४ साउन ३२ बुधवार

861 

shares

३२ साउन, नवलपरासी । पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालसहितको टोलीले नवलपरासीका बाढी प्रभावित समुदायलाई खाद्यान्न राहत सामग्री वितरण गरेको छ ।

सो टोलीले जिल्लाको मध्यबिन्दु, अमलटारीलगायतका बाढी प्रभावित समुदायलाई मंगलबार राहत सामग्री वितरण गरेको हो । सो क्षेत्रका करिब २२० बाढी प्रभावित घर समुदायलाई चिउरा, चाउचाउ, बिस्कुट, चिनी र पानीलगायतका राहत सामग्री वितरण गरिएको हो ।

राहत वितरण गरिएपछि बाढी प्रभावितले ढिलै भए पनि सरकारीस्तरबाट राहत सामग्री प्राप्त गरेको भन्दै खुशी व्यक्त गरेका थिए ।
पूर्व–पश्चिम राजमार्ग आज पनि अवरुद्ध

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड आज राति १० बजेसम्मका लागि बन्द गरिएको छ ।

दाउन्नेमा केही दिनअघि सडकको केही भाग भाँसिएको थियो । सो भाँसिएको स्थानलाई मर्मतका लागि स्थानीय प्रशासनले आज राति १० बजेसम्मलाई सवारी आवागमन ठप्प पारेको हो ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी दाउन्ने क्षेत्रमा भाँसिएको सडक मर्मत गर्ने काम हुने हुँदा यातायातका सावारीसाधन सो क्षेत्रमा बन्द हुने जनाएको छ । दाउन्ने सडकखण्ड गत शुक्रबारदेखि नै पटकपटक अवरुद्ध हुँदै आएकोे छ ।

वि.सं.२०७४ साउन ३२ बुधवार ०४:४२ मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना अघि बढाउने...

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

काठमाडौँ । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको...