back
CTIZAN AD

बेनी–गलेश्वर सडक अलपत्र

वि.सं.२०७४ साउन ३२ बुधवार

654 

shares

३२ साउन, बाबियाचौर (म्याग्दी)  । छ महिना अघि नै सम्पन्न हुनुपर्ने बेनी–गलेश्वर सडक कालोपत्रे योजना अलपत्र बनेको छ ।

निर्माण व्यवसायीले अन्तिम समयमा कार्यक्षेत्र छोडेर गएपछि पिच सडकमा यात्रा गर्ने सर्वसाधारणको चाहना पूरा हुन सकेको छैन ।

निर्माण व्यवसायीले कालोपत्रेका लागि उपकरण जुटाउन नसकेपछि योजनामा ढिलाइ भएको हो । सडक डिभिजन कार्यालय बागलुङले बेनी–गलेश्वर सडक कालोपत्रे गर्न २०७२ साउनमा बिरुवा विशाल एण्ड विराट जेभीसँग रु छ करोड ६२ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

२०७३ फागुन ३ गते सम्पन्न हुनुपर्ने काम पूरा नभएपछि २०७४ जेठ २० गतेसम्मका लागि म्याद थपिएको थियो । “फागुन चैतमा पिच गर्ने तयारीसहित सबै पूर्वाधार निर्माण गरेका थियौँ” निर्माण कम्पनीका प्रतिनिधि नवराज थापाले भन्नुभयो “पिच गर्ने उपकरण नपाएर ढिलाइ भएको हो ।”

एक लेनको सडक कालोपत्रे गर्ने सम्झौता भएकोमा कोरला नाका सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै दुई लेनको बनाउने निर्देशन आएपछि काम भइरहेको अवस्थामा स्टिमेट परिवर्तन गरिएको थियो ।

सडक डिभिजन र विभागले नयाँ डिजाइन तयार र स्वीकृत गर्न ढिलाइ गर्दा त्यसको असर कार्यक्षेत्रमा परेको प्रतिनिधि थापाले बताउनुभयो । पहिले एक लेन ९३।५ मिटर चौडा० सडकमा तीन दशमलव पाँच किलोमिटर कालोपत्रे गर्ने सम्झौता थियो । पछि एक किलोमिटर ६०० मिटरमा दुई लेन ९सात मिटर चौडाइ० कालोपत्रे गर्ने नयाँ सम्झौता भएको छ ।

यो सडक बेनी–जोमसोम सडकको प्रवेश बिन्दु हो । सडक फराकिलो बनाउने, नाली, ग्राभेल, पर्खाललगायत पूर्वाधार तयार पारिएको सडकको विभिन्न ठाउँमा खसेको पहिरो र हिलोले क्षति पु¥याएको छ ।

बर्खामा काम गर्दा गुणस्तरीय नहुने भएकाले वर्षा रोकिएपछि दशैँअघि नै कालोपत्रे गर्ने गरी अहिलेलाई काम स्थगित गरिएको प्रतिनिधि थापाले बताउनुभयो । सडक डिभिजन कार्यालय बागलुङका इञ्जिनियर दृष्टि काफ्लेले जेठ २० गतेसम्मको समय अवधिमा काम गर्न नसकेपछि कात्तिक मसान्तसम्मका लागि म्याद थप भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बाँकी एक किलोमिटर ९०० मिटर सडकको कालोपत्रेका लागि ठेक्का प्रक्रिया शुरु गरिएको छ । यसका लागि रु चार करोड लागत अनुमान गरिएको छ । दोस्रो चरणमा म्याग्दी प्रवेशद्वारदेखि गलेश्वरसम्मको सबै सडकमा कालोपत्रे गर्ने योजना रहेको इञ्जिनियर काफ्लेले बताउनुभयो ।

पहिलो चरणमा पर्वत बगरफाँट जाने झोलुंगे पुलदेखि गलेश्वर बसपार्कसम्मको सडकमा कालोपत्रे गर्ने जनाइएको छ । प्रशिद्ध धार्मिकस्थल गलेश्वर, म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङ जान आउन प्रयोग हुने बेनी गलेश्वर सडक हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने समस्या छ ।

वि.सं.२०७४ साउन ३२ बुधवार ०४:४५ मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना अघि बढाउने...

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

काठमाडौँ । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको...