back
CTIZAN AD

बाढीका कारण औद्योगिक क्षेत्रमा करिब दुई अर्बको नोक्सानी

वि.सं.२०७४ भदौ २ शुक्रवार

870 

shares

 २ भदौ, हेटौँडा । हेटौँडा औद्योगिक क्षेत्रमा बाढी पस्दा रु एक अर्ब ७७ करोडको नोक्सानी भएको छ ।

यहाँका आठवटा उद्योगमा रु दुई करोड ५० लाखभन्दा बढीको भौतिक क्षति भएको छ । उद्योग व्यवस्थापन कार्यालय हेटाँैडा र उद्योग सङ्घ मकवानपुरले संयुक्त रुपमा गरेको निरीक्षणका क्रममा सो परिमाणमा नोक्सानी भएको भेटिएको हो ।

“यो त न्यूनतम क्षति विवरण मात्र हो, पूर्ण विवरण आउन बाँकी नै छ,” औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका व्यवस्थापक नेपालभूषण वैद्यले भन्नुभयो ।

बाढीका कारण क्षति पुगेका आठवटा उद्योगमध्ये तीनवटा अझै सञ्चालनमा आउन सकेको छैन । औद्योगिक क्षेत्रमा रहेको औद्योगिक प्रतिष्ठानमा भएको क्षतिबारे अध्ययन गर्न उद्योग सङ्घको तर्फबाट तीनजना र हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको तर्फबाट तीनजना गरी छजनाको समिति बनाइएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका व्यवस्थापक वैद्यले तीन दिनसम्म औद्योगिक क्षेत्र डुबानमा परेका कारण ती उद्योग बन्द गर्नु परेको बताउनुभयो । सम्पूर्ण उद्योग बन्द हुँदा दैनिक रु ५० करोड बराबर व्यापार घाटा व्यहोर्नु परेको उहाँको भनाइ छ । कतिपय उद्योगको कच्चा पदार्थ र गोदामको क्षति विवरण आउन समय लाग्ने देखिन्छ ।

औद्योगिक क्षेत्रमा रहेको ढलमा रातोमाटो तथा खहरेको बाढी पस्दा खाद्य उद्योगमा रु ८० लाख मूल्य बराबरको करिब छ हजार मेट्रिक टन गहुँ, एमयस पोलिमर्स प्रालिमा रु ६० लाख, एन्टार्टिक बिस्कुट प्रालिमा रु ३० लाख, शिखर केमिकल्स प्रालिमा रु १० लाख, जय गणेश प्रालिमा रु १० लाख, ग्यासिका टेक्सटाइलमा रु १० लाख बराबरको धागो, समुराइक स्टिल प्रालिमा रु पाँच लाख र गोरखकाली सिमेन्ट सामग्री उद्योगमा रु पाँच लाख बराबरको कच्चापदार्थ क्षति भएको उद्योग सङ्घ मकवानपुरका अध्यक्ष नमराज अर्यालले जानकारी दिनुभयो ।

ती उद्योगको मेसिनरी सामान समेतको क्षति करिब रु ४० लाख रहेको उहाँको भनाइ छ । कतिपय उद्योगमा भएको क्षतिको यकिन तथ्यांक आउन सकेको छैन । खाद्य उद्योग लिमिटेडका प्रबन्ध निर्देशक मुकुन्द जोशीले गोदाममा वर्षभरिलाई पुग्नेगरी गहुँ भण्डार गरिएको र सोही गोदाममा पानी पसेर गहुँ नष्ट भएको बताउनुभयो ।

उद्योग सङ्घ मकवानपुरका अध्यक्ष अर्यालले एसियन पेन्टस् प्रालिको पर्खाल छेउमा पहिरो गई शिखर केमिकल्समा नोक्सान भएको बताउनुभयो । नाइलनको डोरी उत्पादन गर्ने जयगणेश प्रालि र कपडा उत्पादन गर्ने ग्यासिका टेक्सटाइल अझै सञ्चालनमा आउन सकेको छैनन् । हाल औद्योगिक क्षेत्रभित्र ८२ वटा उद्योग सञ्चालनमा छन् ।

वि.सं.२०७४ भदौ २ शुक्रवार ०८:४३ मा प्रकाशित

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...