back
CTIZAN AD

रोकिएका ७ सय मालवाहक सवारीसाधन भण्टाबारी नाकाबाट ल्याइने

वि.सं.२०७४ भदौ ९ शुक्रवार

1K 

shares

truck-line९ भदौं, पथरी (मोरङ) । भारतको मिरगञ्ज खोलाको पुल क्षतिग्रस्त हुँदा त्यहाँ अड्किएका करिब ७०० मालवाहक सवारीसाधन सुनसरीको भीमनगर–भण्टाबारी भन्सार नाकाबाट ल्याइने भएको छ ।

भन्सार विभागले विराटनगर भन्सार कार्यालयलाई परिपत्र गर्दै भीमनगर–भण्टाबारी भन्सार नाकाबाट आयात–निर्यात गर्न निर्देशन दिएको छ । परिपत्रका अनुसार निकासी–पैठारी हुने मालवस्तु ढुवानी गर्ने सवारीसाधनको अवागमन, प्रवेश, भौतिक परीक्षण जाँच पास तथा बहिर्गमन जस्ता प्रक्रिया प्रभावित भएकाले भन्सार ऐनबमोजिम बाधा–अड्काउ फुकाउ निर्देशन जारी गरिएको विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले जानकारी दिनुभयो ।

परिपत्रअनुसार तेस्रो मुलुकबाट पैठारी भई आएका ल्याण्ड कस्टम अफिस जोगवनीले नियमअनुसार जाँचपास गरेको प्रमाणका आधारमा भारतीय कस्टम स्टेशन भमिनगरको बाटो हुँदै विराटनगर भन्सार ल्याउनुपर्नेछ । उद्योग–संगठन मोरङ र मोरङ व्यपारसङ्घको पहलमा उक्त नाका खुलेको हो ।

वि.सं.२०७४ भदौ ९ शुक्रवार ०४:०० मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

महालक्ष्मी विकास बैंकद्धारा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न्न कार्यक्रमहरु सम्पन्न...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स...

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

काठमाडौँ | एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म Veel ले आज नेपाल...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...