८ असोज, काठमाडौँ । सिराहाको सबै स्थानीय तह सार्वजनिक भएको छ । सार्वजनिक परिणाम अनुसार माओवादी केन्द्र सिराहामा पहिलो पार्टीको रुपमा स्थापित भएको छ ।
पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चुनाव लडेको तत्कालीन क्षेत्र नम्बर ५ मा रहेका स्थानीय तहहरु गोलबजार नगरपालीका, मिर्चैया नगारपालीका र कर्जन्हा नगारपालीका माओवादी केन्द्रले हात पारेको हो । जिल्लाका ८ नगारपालिकामध्ये धनगढी, गोलबजार, मिर्चैया, कर्जन्हासहित ४ नगारपालिकामा माओवादी केन्द्र विजयी बन्यो ।त्यस्तै औरही र अर्न गाउँपालिकासहित ६ स्थानीय तहमा माओवादी केन्द्र विजयी भयो ।
यस्तै सिराहमा नेकपा एमालेले ४ स्थानीय तहमा विजयी हासिल गरेको छ । उसले लहान नगारपालिका, सुखिपुर नगारपालिका नगारहा गाउँ पालिका र सखुवा नन्कारकट्टी गाउँपालिकामा जित हात पारेको हो ।
यस्तै सिराहामा नेपाली कांग्रेसले २ स्थानीय तहमा जित हात पा¥यो । कांग्रेसले कल्याणपुर नगारपालिका र नवराजपुर गाउँपालिका जितेको हो । सिराहामा दोस्रो दलको रुपमा स्थापित संघीय समाजवादी फोरम नेपालले भगवानपुर गाउँपालिका, विष्णुपुर गाउँपालीका वडियारपट्टी गाउँपालीका लक्ष्मीपुर पतारी र सिरहा नगारपालीका गरि ५ स्थानीय तहमा जित हात पा¥यो । सिरहाको १७ स्थानीय तहमध्ये माओवादी केन्द्र ६, नेकपा एमाले ४, संघीय समाजवादी फोम ५ र नेपाली काँग्रेसले २ स्थानमा विजयी हासिल गरेका छन् ।