back
CTIZAN AD

हेर्नुस त यसकारण हुँदो रहेछ दिमाग कमजोर !

वि.सं.२०७४ असोज ८ आइतवार

1K 

shares

mindशरीरलाई सुचारु राख्न तथा दिमागलाई सक्रिय बनाउनका लागि स्वस्थ्य हुन अत्यन्तै जरुरी छ । तर हाम्रो बानी र खानपानमा पोष्टिक तत्वको कमीको साथसाथै शारिरीक सक्रियताको पनि अत्यन्तै जरुरी छ । तर, हामीले दिनहुँ गरिने विभिन्न गतिबिधिका कारण पनि कम उमेरमै भुल्ने बानी लगायतका समस्याहरु देखिन्छन् । जस्तै राती अबेरसम्म जागै रहनु, विभिन्न ग्याजेटको प्रयोग गर्नु र निद पूरा नगर्नु पनि जीवनशैलीको केही नराम्रा बानी हुन् । त्यसकारण दिमागलाई सधै स्वस्थ्य राख्नका लागि यी बानीहरु परिवर्तन गर्न जरुरी छ ।

व्यायाम नगर्नु-व्यायामले हाम्रो शरीरलाई सुडौल बनाउन मात्र सहयोग गर्दैन । यसले विभिन्न बिमारीहरुबाट पनि बचाउदछ । व्यायामले हाम्रो दिमागलाई सक्रिय राख्नका लागि पनि मदत गर्दछ । धेरै रिसर्चहरुका क्रममा यो पत्ता लागेको छ की विहाँनको समयमा व्यायाम गर्नाले हामंो दिमागलाई दिनभरी सक्रिय राख्नुका साथै धेरै रोग लाग्नबाट पनि बचाउछ । त्यसकारण नियमित रुपमा व्यायाम गर्न स्वस्थ्य विज्ञहरु सल्लाह दिन्छन् ।

चिन्ता–भनिन्छ, चिन्ताले नै चितामा पु¥याउँछ । त्यसकारण चिन्ताबाट टाढा रहनुनै सबैका लागि फाइदाजनक हुन्छ । चिन्ताले हाम्रो शरीरलाई विभिन्न समस्यामा पार्नुका साथै दिमागलाई पनि विमार बनाउँछ । चिन्ता केही हदसम्म पनि राम्रो हुन्छ । जस्तै कुनै काम सफल पार्नका लागि कसरी गर्ने भनेर चिन्ता लिनु स्वभाविकै हो । तर, नचाहिने कुरामा बढी चिन्ता लिँदा दिमागलाई त असर नै गर्छ । चिन्ताले धेरै मानिसहरुले आफ्नो जीवन समाप्त गरेका घटनाहरु पनि तपाइ हाम्रै वरीपरि घटेका छन् ।

धेरै सुत्नु–दिमागमा सबैभन्दा धेरै प्रभाव धेरै सुत्नाले पनि पर्दछ । धेरै सुत्नु र कम सुत्नुले पनि दिमागलाई प्रभाव पार्दछ । मेडिकल रिर्सचका क्रममा यो पत्ता लगाइएको छ की धेरै सुत्नाले पनि तनाव पैदा गरिदिन्छ । यसले तनाव मात्र नभएर दिमागमा पनि असर गर्दछ । यसले डाइविटिज जस्ता गम्भीर विमारहरु हुने सम्भावना पनि बढ्दछ । यसकारण ७ देखी ९ घण्टा नियमित सुत्न स्वस्थ्यविज्ञहरु सुझाव दिन्छन् ।

अधिक मदिरा पिउनु –अधिक रुपमा मदिरा पिउने बानीले पनि दिमागलाई कमजोर बनाउछ । भरसके मदिरा नपिउनु नै राम्रो हुन्छ । तर, पिउने बानीनै परेको छ भने एकपेग मदिरा पिउनाले स्वास्थ्यलाई खासै हानी नगर्ने स्वास्थ्यविज्ञहरु सल्लाह दिन्छन् । तर, अधिक मात्रामा मदिरा पिउनाले दिमागमा असर गर्दछ । अधिक मदिरा सेवनका कारण तार्किक क्षमतामा असर गर्दछ ।
ध्रुमपानको लत–धुम्रपान स्वास्थ्यका लागि कुनै हालतमा पनि सहि होइन् । यसले क्यान्सर जस्ता गम्भीर बिमारहरु निम्त्याउँछ । अधिक धु्रमपान गर्नाले यसले दिमागको कोशिकाहरुले कामगर्न छोड्छ । दिमागले सोच्ने र सम्झने क्षमतामा ह्रास आउछ । प्रत्यक्ष वा अप्रत्यक्ष दुवैकारणले धुम्रपान दिमागका लागि अत्यन्तै हानिकारक मानिन्छ ।
दिमागको अधिकतम प्रयोग नगर्नु–यदि हामीलाई कुनै कुरा जान्नु प¥यो भने गुगलको सहारा लिनेगर्छौ । मोबाइल नम्बर याद हुँदैन । यसले पनि हाम्रो दिमाग कमजोर रहेको देखाउँछ । यसको प्रमुख कारण हो दिमागको सहि तरिकाबाट प्रयोग नगर्नु । हामीले सोच्नको लागि पनि दिमागमा जोड दिदैंनौं । जसका कारण दिमाग सुक्दै जाने र दिमाग कमजोर हुने गर्दछ ।
ब्रेकफास्ट नगर्नु–विहाँनको समयमा कोही हतारमा तथा कसैले भुलेर ब्रेकफास्ट गर्दैनौं । जो व्यक्तिले विहाँन ब्रेकफास्ट गर्दैनन् उनीहरुको शरीरमा सुगरको कमी हुने र यसले ब्रेनमा ओ न्यूट्रियंट्स पुग्न पाउँदैन । यसकारण ब्रेन डीजनरेशनको समस्या हुन्छ । यसले दिमाग कमजोर हुन्छ । यसकारण विहाँनको समय ब्रेकफास्ट जरुरी हुन्छ ।

वि.सं.२०७४ असोज ८ आइतवार ०८:०२ मा प्रकाशित

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद...

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको...

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

काठमाडाौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट...