
८ असोज, एजेन्सी । डिफेन्डिङ चयाम्पियन्स रियल म्याड्रिडले लालिगा अन्र्तगत घरेलु मैदानमा राम्रो प्रभाव छोड्न नसकेतापनि अवे मैदानमा भने रेर्कड बनाएको छ । घरेलु मैदानबाट सात अंक गुमाएको रियलले हिजो भएको अवे खेलमा आल्भेजलाई २ १ ले हराए सँगै रियल म्याड्रिड अन्र्तगतको अवे खेलमा सबै भन्दा धेरै १२ खेलमा अपराजित रहेको रेर्कड बनाएको छ । यस भन्दा अघि अवे मैदानमा वार्सिलोना ११ खेलमा अपराजित रहेको रेर्कड थियो ।
यो सँग जिदानको प्रशिक्षकत्वमा रियलले लालिगामा सबैभन्दा लामो समय सम्म अपराजित रहने टोली, युरोपेली फुटबलमा लामो समय सम्म गोल गर्ने टोली, स्पेनमा सबैभन्दा लामो समय सम्म अपराजित रहने टोली, यस्तै लालिगा अन्र्तगत अवे मैदानमा लामो समय सम्म अपराजित रहने टोली जस्ता रेर्कड बनेका छन् ।