back
CTIZAN AD

बुद्ध लामा नेपाल आइडल भएपछि के भने त भट्टराई, दास र सागरले ?

वि.सं.२०७४ असोज ८ आइतवार

1.2K 

shares

buddha-lamaपोखराका बुद्ध लामा नेपालको पहिलो ‘नेपाल आइडल’ घोषित भएका छन् ।  कतारको सनैयामा शुक्रबार भएको टेलिभिजन रियालिटी शो ‘नेपाल आइडल’को ग्रान्ड फिनालेमा बुद्ध लामा नेपालको पहिलो नेपाल आइडल घोषित भएका छन् ।

पोखराका २० वर्षे बुद्ध लामाले नेपाल आइडलको उपाधि जितेपछि २० लाख नगद, महेन्द्रा केयुभी १०० र १५ लाखको एल्बम कन्ट्रयाक गरेका छन् भने १ वर्षका लागि एपी १ टिभीसँग अनुमोदित समेत भइसकेका छन् । उनले एक वर्ष एपी १ बाहेक अन्य कुनै पनि बाहिरी आयोजकले आयोजना गर्ने कार्यक्रममा भागलिन पाउने छैनन् । उनी एपी १ का अनुसार नै विभिन्न सांगेतिक कार्यक्रममा भाग लिन सक्नेछन् ।

सनैयाको स्टेजबाट कलाकार मदनकृष्ण श्रेष्ठलाई ललितपुरका प्रताप दासलाई सेकेन्ड रनरअप घोषणा गरेका थिए भने बाँकी रहेका मोरङका निशान भट्टराई र पोखराका बुद्ध लामा मध्ये एकलाई नेपाल आइडल घोषणा गर्नुपर्ने थियो । उक्त घोषणाका लागि पनि कार्यक्रम संचालक सुशील नेपाल र रिमा विश्वकर्माले मदनकृष्ण र अर्का कलाकार हरिवंश श्रेष्ठलाई नै जिम्मा दिएका थिए ।

त्यस्तै फस्ट रनरअप निशान भट्टराईले १५ लाख रुपैयाँ, सेकेण्ड रनरअप प्रताप दासले १० लाख रुपैयाँ प्राप्त गरेका छन् ।
यसैबीच नेपाल आइडलका लागि देश तथा विदेशमा रहेका नेपालीहरुले आ–आफ्ना मनपर्ने कन्टेस्टेनलाई गरेको भोट पनि सार्वजनिक गरिएको थियो । विशेषत नेपाल बाहेक अन्य देशमा आयोजना हुने देश अनुसारको आइडलमा यसरी भोटको संख्या सार्वजनिक गरेको पाइएको थिएन । तर, नेपाल आइडलका सन्दर्भमा भने ९ दिन सम्म खुला गरिएको भोटिङ लाइनमा कूल ९ करोड ३१ लख ८३ हजार ३३५ भोट आएको बताइएको छ । त्यसमा बुद्ध लामाले ४ करोड ४८ लाख ४५ हजार २६३, फस्ट रनरअप निशान भट्टराईले ३ करोड ८५ लाख ८६ हजार २२३ र सेकेण्ड रनरअप प्रताप दासले १ करोड ३२ लाख ५१ ह्जार ८४९ भोट पाएका थिए ।

नेपाल आइडलको उपाधि हात पारेका बुद्धले आफूलाई सबैको ऋणि भएको भन्दै सबैको माया अपरम्पार र अनन्त भएको बताएका छन् उनले भनेका छन् ‘हजुरहरुको यो साथको म ऋणि भएको छु । कहिल्यै बिर्सने छैन हजुरहरुको यो गुण । खै कुन शब्दले धन्यवाद दिउँ म कुन वाक्यले समेटु म हजुर अनि हजुरहरुको यो माया र साथलाई अपरम्पार छ अनन्त छ । न कुनै शब्दले न त कुनै वाक्यले नै पूर्णता दिन सक्छ हजुरहरुको म प्रतिको देनलाई ।’

नेपाल आइडल नबनेपनि अगाडि बढ्ने हौसला मिलेको छ–निशान भट्टराई

nisan-bhattarai

यसैबीच नेपाल आइडलमा नेपालको जनसंख्या भन्दा बढी भोट ल्याएका सेकेन्ड रनरअप बन्न सफल भएका मोरङका निशान भट्टराईले नेपाल आइडल बन्न नसके पनि भोर्टसहरु तथा चाहानेहरुप्रति कृतज्ञ रहेको बताउदैं जिन्दगी भर आफ्नो सांगितीक यात्रामा अगाडि बढ्ने हौसला मिलेको बताएका छन् । नेपाल आइडलका सान मानिएका उनले भनेका छन् ‘हजुरहरुको साथ अनि सहयोगले आज यो मुकामसम्म आइपुगेको छु । NEPAL IDOL नभए पनि जिन्दगीभरी मेरो साङ्गितिक यात्रामा आगाडी बढ्न हौसला दिनुभएको छ । हजुर हरु प्रती हार्दिक कृतज्ञ छु ।’
भट्टराईले ३ करोड ८५ लाख ८६ हजार २२३ ल्याएर सेकेन्ड रनरअप बन्न सफल भएका थिए निशान भट्टराई ।

 जीवनभरी  गुन तिर्न सक्तिन्–प्रताप दास

pratap-das
नेपाल आइडलको नेपाल आइडलका विश्वास मानिएका सेकेन्ड रनरअप ललितपुरका प्रताप दासले आफ्नो भोर्टस हरुलाई धन्यवाद दिएका छन् ।
उनले आफूलाई १ करोड ३२ लाख ५१ ह्जार ८४९ भोट दिने सम्पूर्ण भोटर्ससहरुलाई धन्यवाद दिदै भनेका छन् ‘मलाई १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ भोट गर्नु हुने नचिनी नजानी किन पनि अनगिन्ती माया गर्नु हुने टेलिभिजन र ईन्टरनेटको माध्यमबाट मलाई हेरी सुनी मन पराइ जहिले माया साथ र सहयोग पु¥याउनु हुने सम्पूर्णलाई म यो गुन जिबन भरी तिर्न सक्दिन र पनि संगीत क्षेत्रमा नै रहेर तपाईंहरुले दिनु भएको हौसल लाई हतियार बनाएर जहिले डटी रहने प्रण गर्दै सम्पूर्ण सहयोगी मुटु र हात हरुलाई धन्यवाद दिन चाहन्छु ।’
सागरद्धारा धन्यवाद

sagar ale
सबै खाले गीत गाएर दर्शक तथा निर्णायकको मन जित्न सफल बनेका सागर आलेले आफूलाई माया तथा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
नेपाल आइडलको उपाधि जित्ने आसा गरिएका चीतवनका सागर आले नेपाल आइडलको उत्कृष्ट चार (टप 4 ) बाट बाहिरीएका सागेर आलेले आफूलाई नेपाल आइडल बनाउनका लागि तन, मन र धन दिएर सहयोग गर्नेहरुलाई ग्रान्ड फाइनलको कतार स्टेजबाट धन्यवाद ज्ञापन गरेका छन् ।
नेपाल आइडल ग्रान्ड फाइनलका लागि कतार पुगेका आलेले स्टेजमा गीत गाएपछि आफ्नो खातामा ४० लाख जम्मा गरिदिने दाजुभाइ तथा दिदी बहिनीहरुप्रति हार्दिक आभार गरेका थिए । उनले उक्त रकम संगीत क्षेत्रकै लागि खर्च गर्ने पनि सोहि स्टेजबाट घोषणा गरेका थिए ।

वि.सं.२०७४ असोज ८ आइतवार ०७:०५ मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...