back

‘ ‘भिजन २०–२० वियोण्ड’ लाई छलफलमै लैजानु हुँदैन भन्ने त होइन नी !’

वि.सं.२०७४ असोज २४ मंगलवार

462 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra
शिव कुमार राई उम्मेदवार, अमेरिकाज क्षेत्रीय सहसंयोजक
शिव कुमार राई
उम्मेदवार, अमेरिकाज क्षेत्रीय सहसंयोजक

सहसंयोजकका लागि तपाइका ऐजेण्डाहरु के–के छन ?

मेरो ऐजण्डाहरु मुख्य त ‘भिजन २०–२० वियोण्ड’ लाई कसरी अगाडि बढाउने र सफल बनाउने भन्नेमा छ । यसका लागि सक्रिय भूमिका निभाउनेछु ।
अर्कोकुरा भौगोलिक कारणले मातृभूमिममा भइ परिआउने प्राकृतिक विपत्तिमा सहयोग जुटाउन सदैव लागिपर्नेछु । संस्थामा समावेशी सहितको पारदर्शी नेतृत्व हुनुपर्छ भन्नेमा जोड दिनेछु ।
अर्को कुरा मातृभूमिको समृद्धिका लागि पर्यटन प्रवद्र्धनमा विशेष जोड दिनेछु ।
केन्द्र र क्षेत्रसँग समन्वय गरेर अगाडि सबैको हितमा बढ्नेछु ।
धेरै प्रतिवद्धता र नारा मात्र बाहिर ल्याएर होइन्, मैले गर्न सक्ने कामहरुको मात्र ऐजेण्डाहरु बोकेर निर्वाचनमा जाँदैंछु । म बोलेको कुरा पूरा गर्ने व्यक्ति पनि हुँ साथीहरुले मलाई बुझ्नु पनि भएको छ ।

‘भिजन २०–२० वियोण्ड’ त विवादित देखिन्छ नी ?
‘भिजन २०–२० वियोण्ड’ मा विवाद गर्नुपर्छ भन्ने छैन नत विरोध नै । विचार अगाडि ल्याएको हो । होइन छलफल नै गर्नु हुँदैन भन्ने हो र ? भिजन २०–२० ले विचार सबैको माझम ल्याउने काम गरेको हो । साथीहरुको वीचमा यसको बृहद छलफल हुनैपर्छ । र यसलाई कार्यान्वयन गर्नै हुन्न भन्ने पनि त छैन् । साथीहरु सबै बसेर प्रजातान्त्रिक प्रक्रियाबाट छलफल गर्न सकिन्छ । चुनावको बेलामा एकपक्षले विरोध र एकपक्षले सर्पोट गरेकै हुन्छ । विरोध गर्नेहरुले समाधानको बाटो पनि निकाल्नु पर्छ अनि बल्ल विरोध गर्नुको औचित्य रहन्छ । ‘भिजन २०–२० वियोण्ड’ भन्दा राम्रो विचार कोही साथीहरुले ल्याउनु हुन्छ भने त्यसलाई पनि स्वागत गर्न सक्नु पर्दछ । होइन भने यसमाथि नै व्यापक छलफल गरेर निष्कर्ष निकाल्नु पर्छ । अहिले पारित गरेर भोली सच्याउँदै लान पनि त सकिन्छ नी यो नै अन्तिम मान्नु हुँदैन् । परिमार्जन गराउँदै जान सकिन्छ । यसमा आत्तिनुपर्ने कुनै कुरा छैन् ।
उपसंयोजकमा जित्छु भन्ने आधारहरु के के छन त ?
मैले २००८ देखि नै एनआरएनए अमेरिकामा सक्रिय भूमिका निभाएको छु । महासचिव, वरिष्ठ उपाध्यक्ष, अध्यक्ष हुँदै दुई कार्यकाल सल्लाहकार पनि भइसकेको छु । एनआरएनए अमेरिकालाई लोकतान्त्रिक प्रक्रियाको बाटोमा मैले नै हिडाएको हुँ । इलेक्ट्रोनिक भोटिङ सीस्टम मेरै पहलमा गरिएको हो । पहिले टिके प्रथामा मनोनित गर्नुपरेको थियो । इलेक्ट्रोनिक भोटिङ सीस्टम भएको भएपनि कार्यान्वयन गरिएको थिएन् । कसैको मुठीमा भएको संस्थालाई मुठी फुकाएर बाहिर फराकिलो बनाउनुपर्छ भनेर म नै लागेको हुँ । अहिले सम्म साथीहरुले मनैदेखि नै मेरो भूमिका महत्वपूर्ण रहेको भन्दै मूल्यांकन गर्नु भएको छ मलाई आसा छ साथीहरुले त्यो मूल्यांकन र बचन अहिले पूरा गर्नुहुनेछ । अहिले सम्म  अमेरिकाबाट दिल श्रेष्ठ भाइ, शंकर खड्का भाइ र नविन शेरचनजी र मैले उम्मेदवारीको घोषणा गरेका हौं । मलाई आशा छ उहाँहरुले पनि मलाई बुझिदिनुहुनेछ । पहिलोपटक पनि मैले यस पदबाट बाहिरीनु परेको थियो । अहिले भने सबैले मूल्यांकन गर्नुहुनेछ भन्ने आसा छ । मलाई कुनै पार्टीको आर्शिवाद पनि छैन् । सोचेको छु म सबैको साझा मान्छे हुँ । अनि हाम्रो एनआरएनए पनि सबैको साझा संस्था हो ।
छोड्नुपर्ने अवस्था आयो भने के गर्नुहुन्छ ?
म प्रजातान्त्रिक प्रक्रियाको सम्मन गर्छु । उम्मेदवारी दिनु भएका मेरा प्रतिश्प्रधी साथीहरुलाई पनि सम्मान गर्दछु । धेरै कुरा चुनावको अघिल्लो दिन हुन्छ । कसले छोड्ने र कसले लिने भन्ने त्यस्तो परिआएमा विचार परिवर्तन पनि गर्न सकिन्छ । साथीहरुबाट पनि त्यहि आशा गर्दछु । संस्थामा लागेर यहाँसम्म आइपुग्दा मैले धेरै योगदान गरिसकेको छु जस्तो लाग्छ संस्थाका लागि । सबैको साझा संस्था बनाउनका लागि । यसमा क्यानडा, अमेरिका, चिली, ब्राजिलका साथीहरुले बुझिदिनु हुनेछ । सिनियरका हिसावले पनि मैले नै मौका पाउनुपर्छ भन्ने मेरो सोचाइ हो ।

shivkrai2

अबको एनआरएनए कस्तो बनाउनु पर्ला ?
सबै तह र तप्कालाई समेट्न सक्ने नेतृत्व आउनुपर्छ । एनआरएनएहरुले अब फराकिलो मन बनाएर सोच्नुपर्ने बेला आइसकेको छ । यो कुनै एक दुई व्यक्तिको संस्था बनिरहन सक्तैन् । यसलाई ४५ लाख नेपालीको ‘मेरो संस्था’ भन्ने भावनाको विकास गराउन नेतृत्व लाग्नुपर्छ । सबै अटाउने संस्था बनाउनु पर्दछ र पदमा बसेकाहरुलाई जिम्मेवारी दिनका लागि नेतृत्व हिचकिचाउनु हुन्न । काम गर्ने अधिकार र जिम्मेवारी बाँडफाँट गर्नुपर्छ । अध्यक्षले मात्र सबै गर्न सक्तैन् । त्यसैले आफूमाथिको भार साथीहरुमा पनि बाड्ने प्रयास नेतृत्वले गर्नुपर्दछ । सबै मिलेर संस्था बलियो बनाउनु नै हामी बलियो हुनु हो, हामी र हाम्रो विचार बलियो हुनु हो । हाम्रो विचार बलियो हुनु नै हाम्रो मातृभूमिको समृद्धि हुनु हो भनेर नेतृत्व लगायत ‘म’ एनआरएनए हुँ भन्ने साथीहरुले सोच्नु पर्ने हुन्छ ।

वि.सं.२०७४ असोज २४ मंगलवार ०७:३२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
समय आउँछ, मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : केपी ओली

समय आउँछ, मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : केपी ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी...

शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ: बाबुराम भट्टराई

शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ: बाबुराम भट्टराई

काठमाडौँ । माओवादी विद्रोहको नेतृत्व तह हुँदै संसदीय राजनीतिमा स्थापित...

लोकतन्त्र प्रवचन र भाषण होइन: पूर्वसभामुख सापकोटा

लोकतन्त्र प्रवचन र भाषण होइन: पूर्वसभामुख सापकोटा

काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्र भनेको प्रवचन र भाषण...

संसद् सञ्चालनका कतिपय प्रक्रियामा पुन : विचार गर्नुपर्छ : सचिव भट्टराई

संसद् सञ्चालनका कतिपय प्रक्रियामा पुन : विचार गर्नुपर्छ : सचिव भट्टराई

काठमाडौँ । विद्यार्थी जीवनदेखि मुलुकको रूपान्तरण र अग्रगतिका लागि आन्दोलनमा...