back

फोरम अध्यक्ष यादव सिरहा– १ बाट सिफारिस

वि.सं.२०७४ असोज २४ मंगलवार

654 

shares
GLOBAL IME AD
NTC AD

२४ असोज, लहान । संघीय समाजवादी फोरम नेपालले आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिरहा क्षेत्र नं १ बाट पार्टी अध्यक्ष उपेन्द्र यादवको सिफारिस गरेको छ ।

फोरमको क्षेत्रीय कार्यसमितिको निर्णयानुसार पार्टी अध्यक्ष यादवको नाम सिरहा क्षेत्र नं १ बाट सिफारिस भएको फोरमका केन्द्रीय सदस्य सत्यनारायण यादवले जानकारी दिनुभयो । सिरहा १ बाट अध्यक्ष यादवसहित केन्द्रीय सदस्य सत्यनारायण यादव, सरिता गिरी र राजलाल यादवको नामसमेत सिफारिस गरिएको छ ।

यस्तै फोरमले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिरहा क्षेत्र नं २ बाट पार्टी केन्द्रीय कोषाध्यक्ष विजय यादव र शत्रुघ्न महतो कोइरी, क्षेत्र ३ बाट अशेश्वर यादव र कोइरी तथा क्षेत्र नं ४ बाट डा वीरेन्द्र महतो र शीतल महतोको नाम सिफारिस गरिएको केन्द्रीय सदस्य सत्यनारायण यादवले बताउनुभयो ।

त्यस्तै प्रदेशसभा निर्वाचनका लागि सिरहा क्षेत्र नं १ (क) बाट वैधनाथप्रसाद साह, जीतेन्द्रप्रकाश महतो र श्यामकुमार गुप्ता तथा क्षेत्र नं १ (ख) बाट राजकुमार गुप्ता, प्रयागलाल यादव र जीतेशकुमार यादवको नाम सिफारिस गरिएको छ ।

प्रदेशसभा निर्वाचनका लागि सिरहा क्षेत्र नं २ (क) बाट डोमी साह, विनोदकुमार यादव, अजय यादव र भागवत यादव तथा २ (ख) बाट निर्मला यादव र आनन्दकुमार महतोको नाम सिफारिस गरिएको जनाइएको छ ।

क्षेत्र नं ३(क) बाट मनोजकुमार सिंह र राजकुमार सिंह तथा ३ (ख) बाट मनोरञ्जन गोइतको नाम सिफारिस गरिएको छ । त्यस्तै क्षेत्र ४ (क) बाट विष्णुकुमार साह, विष्णुदेवकुमार महतो र हरेराम यादवको सिफारिस गरिएको छ । क्षेत्र ४ (ख) बाट अमरकुमार साह, विजयकुमार र दिलीपकुमार यादवको नाम सिफारिस गरिएको अध्यक्ष यादवले जानकारी दिनुभयो ।

यसअघि आइतबार नेकपा (एमाले )सिरहा क्षेत्र नं १ ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस गरेको थियो ।

वि.सं.२०७४ असोज २४ मंगलवार ०७:२८ मा प्रकाशित

तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी : अध्यक्ष ढकाल

तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी : अध्यक्ष ढकाल

पाटन (ललितपुर) । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

पालिकाले ल्यायो कोदोखेती प्रवर्द्धन कार्यक्रम

पालिकाले ल्यायो कोदोखेती प्रवर्द्धन कार्यक्रम

मनहरी । मकवानपुरको भीमफेदी गाउँपालिकाको रैथाने जातका अन्नबालीको प्रवर्द्धन कार्यक्रम...

एकै महिनामा ६५ फरार प्रतिवादी पक्राउ

एकै महिनामा ६५ फरार प्रतिवादी पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेमा फागुनमा मात्रै ६५ जना फरार प्रतिवादीलाई...

स्थानीयवासीको माग पूरा गर्न पाँच जलविद्युत् आयोजना सहमत

स्थानीयवासीको माग पूरा गर्न पाँच जलविद्युत् आयोजना सहमत

गलेश्वर (म्याग्दी) । रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन पाँचवटा जलविद्युत् आयोजनाले सामाजिक...

गोरखनाथ सामुदायिक वनमा डढेलो

गोरखनाथ सामुदायिक वनमा डढेलो

काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक...

गोरखामा भूकम्पले क्षति पुर्याएको भवन पुनर्निर्माण

गोरखामा भूकम्पले क्षति पुर्याएको भवन पुनर्निर्माण

गोरखा । भीमसेन थापा गाउँपालिका-६ अश्राङको वडा कार्यालय भवन पुनर्निर्माण...