back
CTIZAN AD

मोना अन्तर्राष्ट्रियको अध्यक्षमा थापा  निर्वाचित

वि.सं.२०७४ असोज २४ मंगलवार

930 

shares

२४ असोज, म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ (मोना)अन्तर्राष्ट्रियको अध्यक्षमा चक्र थापा निर्वाचित हुनुभएको छ ।

म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा सोमबार राति सम्पन्न मोनाको दोस्रो अन्तर्राष्ट्रिय महाधिवेशनबाट न्यूजिल्याण्डमा रहनुभएका जिल्लाको धौलागिरि गाउँपालिका–७ धारापानीका थापाको अध्यक्षतामा सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन भएको हो ।

महाधिवेशनबाट मोनाको वरिष्ठ उपाध्यक्षमा राधिका गुरुङ ९टीका०, उपाध्यक्षमा ओमनारायण जुग्जाली, योगकुमार फगामी, प्रेम रसाइली, महिला उपाध्यक्षमा भूगोल शेरचन, महासचिवमा मिम पुर्जा, सचिवमा हरि राम्जाली, विक्रम कार्की, कोषाध्यक्षमा रामबहादुर खड्का तथा सहकोषाध्यक्षमा लोकनाथ पौडेल चयन हुनुभएको छ ।

त्यसैगरी, महाधिवेशनबाट मोनाको युरोप महाद्वीप क्षेत्रीय संयोजकमा लक्ष्मण गर्बुजा, एशिया प्रशान्त क्षेत्रीय संयोजकमा ददीलाल खड्का, अमेरिका क्षेत्रीय संयोजकमा ताराप्रसाद पुन, एशिया प्रशान्त क्षेत्रीय सहसंयोजकमा ताराबहादुर कार्की, महिला संयोजकमा पूर्णिमा पाइजालगायत चयन हुनुभएको छ ।

तीन दिनदेखि जारी महाधिवेशन आज दरबाङ घोषणापत्र जारी गर्दै समापन हुने मोनाले जनाएको छ ।

वि.सं.२०७४ असोज २४ मंगलवार ०६:१२ मा प्रकाशित

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...