back
CTIZAN AD

निर्माण सम्पन्न नहुँदै भत्किन थाल्यो पशु बधशाला

वि.सं.२०७४ असोज २६ बिहीवार

912 

shares

badhsala

 २६ असोज, पथरी, मोरङ   । बजेट अभावमा केही वर्षअघिदेखि रोकिएको विराटनगरको बधशाला निर्माणको काम पूरा नहुँदै भत्किन थालेको छ ।

आर्थिक वर्ष २०६५÷६६ मा सरकार र विराटनगर महानगरपालिकाको रु एक करोड १९ लाखको लगानीमा निर्माण शुरु गरिएको बधशाला निर्माण शुरु भएको आठ वर्ष पुग्दासमेत निर्माण सम्पन्न भएको छैन । तर बधशालालाई घेरेर सुरक्षित गर्न लगाइएको पक्का पर्खालसमेत भत्किएको छ ।

सो पर्खालमा प्रयोग भएको इँटा चोरी भएका छन् । विराटनगर महानगरपालिका पशुपक्षी महाशाखाका प्रमुख हीरालाल यादवका अनुसार पुनः सरकारले रु एक करोड २४ लाख बजेट बधशाला निर्माणका लागि पठाएको छ ।

नगरवासीलाई स्वच्छ मासु बिक्रीका लागि उपयुक्त स्थान बनाउने उद्देश्यले बधशाला निर्माण थालिएको हो । तर बजेट नै नभएकाले निर्माण कार्य अलपत्र बनेको थियो । निर्माण कार्य रोकिँदा निर्माण भइसकेका संरचना पनि भत्कन थालेको हो । निर्माणलाई निरन्तरता दिन रकम अभाव भएको भनी निर्माण कार्य रोकिएको हो ।

पशुपक्षी महाशाखाका प्रमुख यादवले भन्नुभयो, “अब रु एक करोड २४ लाख आएको छ चाँडै बधशाला निर्माण सम्पन्न हुन्छ ।” यादवकै शब्दमा बधशाला निर्माण सम्पन्न गर्न रु सात करोड आवश्यक पर्छ । सरकारले वर्षेनी थोरै थोरै रकम पठाएर बधशाला निर्माण प्रक्रियालाई लम्ब्याइरहेको छ ।

विराटनगर महानगरपालिकामा दर्ता तथा अनुमति लिएका करिब २०० वटामात्र मासु पसल सञ्चालित छन् । तर नगरका विभिन्न स्थानमा गरी त्यसको तीन गुणाबढी मासु पसल सञ्चालनमा छन् । निर्माणाधीन बधशालासँगै उपभोक्ताको स्वास्थ्य सरोकार पनि अलपत्र परेको उपभोक्ता मञ्चका अध्यक्ष मोहन भट्टराई बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “बधशाला नहँुदा स्वच्छ मासु कसैले खान पाएका छैनन् ।” व्यवस्थित बधशालाबिना सहरी क्षेत्रमा पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ समेत कार्यान्वयन हुन नसक्ने जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा सुशील अधिकारी बताउनुहुन्छ ।

अधिकारीका अनुसार बधशाला नबनेपछि हाल बिक्री हुने मासुको स्वस्थताप्रति प्रभावकारी निगरानी र जाँच हुन नसकेको हो । उहाँले भन्नुभयो, “बधशाला निर्माण नभएसम्म उपभोक्ताले स्वच्छ मासु सेवन गर्न पाउँदैनन् ।”

वि.सं.२०७४ असोज २६ बिहीवार ०७:१८ मा प्रकाशित

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...