Logo
१४ मंसिर २०७८, मंगलवार
     Tue Nov 30 2021
E-paper
  English Edition
   Unicode
Logo

देउवाले नै बुझाउलान् की ज्ञानेन्द्रले खोस्लान ?



tiwari-nilkantha

आफैले असक्षम भनेका देउवा अतालिएर उनलाई उक्साउन आएका हुन् भने पनि यो क्षणमा उनले संयमता देखाउन सक्नु पर्दछ । स्वयम् ज्ञानेन्द्रलाई पनि चुनाव लड्ने छुट छ र जित्न पनि छुट छ । त्यसो त उनी कार्यकारी राष्ट्रपतिको गद्दिमा नै बस्न पनि बाटो खुलेको छ । अब लोकतन्त्र न मासिन्छ न त गणतन्त्र नै भाँचिन्छ, पूर्वराजालाई यहि छ सुझाव ।

पूर्वराजा ज्ञानेन्द्र शाहको शब्दमा आज परिवारसँग शान्तसँग बसेर रमाइलो गर्ने दिन हो तर आजै ज्ञानेन्द्र शाहले नेपाली राजनीतिमा ठूलै तरङ्ग ल्याउने गरी कडा भाषा प्रयोग गरेका छन् । तिहारको अन्तिम दिन भाईटिकाको लगत्तै उनले संचारकर्मीहरुसँग बोलेको विषयलाई कति गम्भिर रुपमा लिने त्यो आफ्नो ठाउँमा होला तर उनले रमाइलो गर्ने दिन पनि ‘सुरक्षित भएर बस्नुस्’ सम्मका सुझाव दिएका छन् ।

नेपाली राजनीतिमा देउवा र ज्ञानेन्द्र सँगसँगै पनि जोड्ने गरिएको छ । प्रवृत्तिगत रुपमा कांग्रेस भित्रै पनि देउवालाई ज्ञानेन्द्रसँग जोडेर बदनाम गरिएकै हो । लोकतन्त्रमा अवरोध पन्छाउने झन्झट गर्नुभन्दा राजालाई नै बुझाउने आरोप खेप्दै आएका देउवाले भाइटिकाको अघिल्लो दिन मात्रै बाम गठबन्धनले राणा शासन ल्याउने कुरा बताएका थिए । बाघ कराउने बाख्रो हराउने भनेजस्तै हिजै देउवाले राणा शासनको अन्त्य गर्न लोकतान्त्रिक शक्तिलाई अप्रत्यक्ष अपिल समेत गरेका थिए भने आज ज्ञानेन्द्रबाट चर्को वाणी फुटेको छ ।

जनताको बहुदलीय जनवाद मानेर कांग्रेस भन्दा अझ बढी संसदवादी भैसकेको एमाले र एक्काइसौ शताब्दिको जनवादलाई क्रमशः परिमार्जित गर्दै समाजवाद निर्माणको आधार बनाउन तम्सिरहेको माओवादी बीच चुनावी तालमेलको कुरा गर्दा साथ देउवाको पारो तात्न थालिसकेको थियो । सम्भावित वाम गठबन्धन फुटाउन वा कमजोर पार्न तत्कालिन सबै प्रयास विफल भएपछि देउवाले विजय गच्छदार मात्र भित्र्याएका छैनन्, घोर दक्षिणपन्थी भनिएका कमल थापाहरुसँग निकै गहिराइमा पुगेर स्वास साट्न थालेका छन् । एकातिर वाम गठबन्धनलाई प्रजातन्त्र विरोधी अधिनायकवादी प्रयास भनेर कोहोलो मच्याउनु र अर्कातर्फ ज्ञानेन्द्रले अप्रत्याशित भाषा प्रयोग गर्नुले देउवा–ज्ञानेन्द्रको बोलिमा संयोग मात्र भनेर भन्न सकिने ठाउँ छै्न् ।

मिडियाहरु सबै पुगेकोमा धन्यवाद प्रकट गर्दै सबैलाई शुभकामना दिएर भनाइ शुरु गरेका ज्ञानेन्द्रले कवि जी शाहले प्रयोग गर्ने विम्बात्मक भावनाहरु समेत प्रयोग गरेका छन् । निश्चय पनि देशको स्थिति प्रति जिम्मेवार नागरिकको चासो र चिन्ता हुन्छ नै तर ज्ञानेन्द्रले बोलेका शब्द, छनक, हाउभाउ र लवज चासो र चिन्ता भन्दा निकै पर पुगेका छन् । उनले दुबो, गोदावरी र मखमलि मालाको महत्व बुझन् नसकेर कागजको फुलमा सुवास खोज्ने प्रयास भैरहेको भन्दै दलहरुप्रति कटाक्ष गरेका छन् ।

राष्ट्र र मुलुकले आवश्यकताबोध गरे अनसार दलहरु चल्न नसकेको आरोप मात्र उनले लगाएका छैनन, देशमा नेतृत्व नै नभएको ठोकुवा समेत गरेका छन् । ज्ञानेन्द्रको यो भनाइले दल र व्यवस्थाप्रति वाक्क जनतालाई थोरै ट्याब्लेटको काम त गर्ला तर उनको यो वाणि देशले लिइरहेको गतिलाई अवरोध गर्ने गरी बाहिरै फुटेको छ । देशको परिस्थितिले मागेको समय आएजस्तो आफैले अनुभूति गरेको ज्ञानेन्द्रले प्रष्टै बोलेका छन् । रमाइलो गर्ने दिनमा आफूले भनेका कुरामा ध्यान दिनै पर्ने आग्रह पनि उनको रहेको छ ।

तिहारको दिन एक्कासी ज्ञानेन्द्र कसरी बोले ? गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता निमोठ्ने गरी उनी पूर्व तयारीमा पुगेर बोलेका त होइनन ? यो संयोग हो वा नियोजित हो ? धेरै प्रकारले अड्कल गर्न सकिन्छ । तर उनमा देखिएको कुण्ठा, छिरलीएको आवेग र फुटेको आक्रोशलाई निकै ठूलो हाउगुजी बनाइ हाल्न जरुरी छैन । देउवाको विगत र प्रतिगमनकारीहरुको नियत हेर्दा निश्चय पनि देउवाले बुझाउलान की ज्ञानेन्द्रले खोस्लान भन्ने तह सम्मका जिज्ञासाहरु पैदा भएका छन् । तर यो दुवै तर्कना यतिबेला सत्यको नजिक छैनन् । लोकतन्त्र बुझाएको आरोप बारम्बार खेपिरहेका देउवालाई फेरि अर्को कलंक थप्नु छैन । पूर्व राजासँगको साँठगाँठमा जन्मने क्षणिक सत्ता स्वार्थले देउवा नेपाली राजनीतिमा टिकिरहने स्थिति पनि छैन । त्यसैले पनि देउवा आफैले यो पटक सत्ता बुझाउनकै लागि ज्ञानेन्द्रलाई उक्साउन लागि परिरहेका छन् भन्न सकिँदैन । बाम गठबन्धन प्रतिको उनको आक्रोश सम्भावित चुनावी परिणामको लागि मात्र टन्टीएको हो ।

यता ज्ञानेन्द्रले टिका लगाउँदा साथ बोलेका विषय पनि सत्ता संयन्त्रमा मुख्यतः सेनासँग र देउवासँग कुरो मिलाएर आएको हो भन्ने ठाउँ छैन । बाम गठबन्धनबाट मुलुकले स्थायी निकास पाउँदा आफ्नो हैसियत के हुने भनेर अतालिएका ज्ञानेन्द्र बैनी र परिवारको साथमा मिडियासँग अलिक बढी फट्कारीएका मात्र हुन् भन्न सकिन्छ । ज्ञानेन्द्रको वाणि, बचन, बोली र शब्दलाई जसरी अर्थ लगाउँदा पनि हुन्छ । उनका कुरा पुरै असत्य छन् भन्न पनि सकिँदैन । राजनैतिक दलहरुमा व्याप्त बेथिती, बढ्दो बेरोजगारी र भ्रष्टाचार तथा अराजकता विरुद्धको टिप्पणी जिम्मेवार नागरिक जो कोहिले पनि गर्छ र ज्ञानेन्द्रलाई पनि त्यो पुरापुर अधिकार छ । तर उनी अहिले पनि पूर्वराष्ट्राध्यक्षकै मानमर्यादामा बसेका छन् । उनीप्रति केही जनताको आस्था र विश्वास अझै छ । तर उनले आज बोलेका शब्द नियतसँगै जोडिएका छन् भने धैर्यता र संयमता बिर्सेका हुने भन्न सकिन्छ । जब ज्ञानेन्द्र आफै जिम्मेवार नागरिक हुन् भने फुटेका दलहरु मिल्दा उनी खुशी हुनै पर्छ । गरिबीको साङ्लोबाट मुक्त हुन चाहेको देशले समाजवादको गोरेटो बनाउन लागेको बेला कुनै पनि बहानामा ज्ञानेन्द्रको प्रस्तुती उताउलो हुनुहुँदैन । आफैले असक्षम भनेका देउवा अतालिएर उनलाई उक्साउन आएका हुन् भने पनि यो क्षणमा उनले संयमता देखाउन सक्नु पर्दछ । स्वयम् ज्ञानेन्द्रलाई पनि चुनाव लड्ने छुट छ र जित्न पनि छुट छ । त्यसो त उनी कार्यकारी राष्ट्रपतिको गद्दिमा नै बस्न पनि बाटो खुलेको छ । अब लोकतन्त्र न मासिन्छ न त गणतन्त्र नै भाँचिन्छ, पूर्वराजालाई यहि छ सुझाव ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सैन्य पदका उम्मेदवारको लिखित परीक्षाको

काठमाडौं । नेपाली सेनाले अमल्दार कर्मचारी (खुला तथा समावेशी) पदका उम्मेदवारहरुको शारीरिक परीक्षाको नतिजा

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा

काठमाडौं । गत साता निरन्तर उकालो लागेको सुनको भाउ यो साता भने ओरालो लागेको