back
CTIZAN AD

ज्योतिष विज्ञानको बारेमा तपाईमा जिज्ञाशा छ ?

वि.सं.२०७४ कात्तिक ४ शनिवार

1.3K 

shares

 deepak subedi
ज्यो. दीपक सुवेदी

ज्योतिष विज्ञानको बारेमा जो कोहीलाई पनि जिज्ञाशा रहेको हुन्छ । हरकोही व्यक्ति पनि कुनै न कुनै रुपमा आफ्नो भाग्यको बारेमा जान्न चाहन्छन् र प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ज्योतिष शास्त्र वा ज्योतिष विद्वानसँग आफ्नो भविष्यको बारेमा जिज्ञाशा राख्न पुग्छन् । समाजमा ज्योतिष शास्त्रका विज्ञहरुसँग आफ्नो भाग्य भविष्य देखाउने प्रचलन परापूर्वकालदेखि नै चलिआएको हो ।

ज्योतिषको व्यवहार समाजमा धेरै पहिलादेखि चलिआएको हुँदाहुँदै पनि फेरि पनि ज्योतिष शास्त्र तथा विद्या के हो त भन्ने विषयमा आम नागरिकमा यो के हो त भन्ने बारेमा जिज्ञाशा रहेको हुन्छ । यसै क्रममा ज्योतिषको फाँटमा चर्चित व्यक्तित्त्व ज्यो. दीपक सुवेदीले ज्योतिष के हो र यसबाट के प्राप्त गर्ने भन्ने विषयमा दिनु भएको प्रवचनको युट्युब लिंक प्राप्त भएको छ ।

ज्यो. सुवेदीले दिएको सो प्रवचनलाई न्यूज अभियान अनलाईन टेलिभिजनले आफ्नो युट्युबमा राखेको छ । ज्योतिष विज्ञानको बारेमा तार्किक लजिक दिने सुवेदीले सो प्रवचनमा अल्लि विस्तृत रुपमा ज्योतिषको बारेमा व्याख्या गर्नु भएको छ । तपाईलाई पनि ज्योतिष विज्ञानको बारेमा जिज्ञाशा छ अथवा ज्योतिष विद्या के हो भन्ने बारेमा जान्ने ईच्छा छ भने तल दिइएको लिंकमा गएर सो प्रवचनलाई हेरेर फाइदा लिनसक्नु हुनेछ ।

वि.सं.२०७४ कात्तिक ४ शनिवार १०:१० मा प्रकाशित

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सरबाट जोगिन के गर्ने ? हिन्दीमा एउटा भनाइ छ, "जब...