back
CTIZAN AD

साहको मृत्यु डेंगुका कारण नभएको दावी ः जनस्वास्थ्य

वि.सं.२०७४ कात्तिक ७ मंगलवार

879 

shares

७ कात्तिक, बनियानी, झापा । झापामा हालसम्म डेंगुका कारण कसैको मृत्यु नभएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

डेंगुका कारण मृत्यु भएको भनिएको बिर्तामोड नगरपालिका–४ विर्ताबजारका ४० वर्षीय उमेश साहको अन्य कारणबाटै मृत्यु भएको उक्त कार्यालयका स्रोत व्यक्ति कुलबहादुर पौडेलले जानकारी दिनुभयो । “साहको अन्य कारणबाट मृत्यु भएको हो”, उहाँले भन्नुभयो, “हामी अनुसन्धान गर्दैछौँ ।”

मृतक साहले छाती पोलेको भन्दै उपचारका लागि आइतबार बिर्तामोडस्थित बिर्ता हेल्थ क्लिनिकमा आएको क्लिनिकका सञ्चालक ब्रजेशकुमार मेहताले बताउनुभयो । “जाँचपछि ग्यास्ट्रिक भएको पाइयो”, उहाँले भन्नुभयो, “क्लिनिकमा गरेको उपचारले स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि बिएण्डसी लैजान भनेका थियौँ ।”

थप उपचारका लागि अस्पतालमा लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको मेहेताले बताउनुभयो । “क्लिनिकबाट डेंगुका कारण मृत्यु भएको भनेका छैनौँ”, उहाँले भन्नुभयो ।

असोजको पहिलो सातादेखि जिल्लाका विभिन्न क्षेत्रमा डेंगुको संक्रमण देखा परेको छ । त्यसमध्ये सबैभन्दा बढी बिर्तामोड क्षेत्रमा डेंगु रोगी भेटिएको उक्तकार्यालयले जनाएको छ ।

त्यस्तै, दमक, कनकाई, अर्जुनधारा, मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा समेत डेंगु देखापरेको छ । हालसम्म झापामा ८१ जनामा डेंगु संक्रमण देखिएको स्रोत व्यक्ति पौडेलले बताउनुभयो ।

वि.सं.२०७४ कात्तिक ७ मंगलवार ०३:२० मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना अघि बढाउने...

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

काठमाडौँ । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको...