back
CTIZAN AD

खोटाङमा  संगीत विद्यालय स्थापना लागि देउसी भैलोबाट रकम संकलन

वि.सं.२०७४ कात्तिक ७ मंगलवार

999 

shares

७ कात्तिक, खोटाङ । जिल्लामा संगीत विद्यालय स्थापना गर्ने उद्देश्यले आयोजना गरिएको देउसी भैलो कार्यक्रमबाट रु एक लाख २३ हजार रकम संकलन गरिएको छ ।

तिहारको अवसर पारेर जनसांस्कृतिक महासंघ खोटाङले दिक्तेलमा आयोजना गरेको कार्यक्रमबाट उक्त रकम संकलन गरिएको हो ।

संगीत क्षेत्रमा लाग्न चाहने युवा–युवतीलाई जिल्लामै अध्ययन गर्न पाउने अवसर दिलाउन संगीत विद्यालय स्थापनाको अभियान थालिएको महासंघका अध्यक्ष प्रमोद श्रेष्ठले बताउनुभयो । “अहिले गीत–संगीत सिक्न चाहने नयाँ प्रतिभालाई राजधानी नै जानुपर्ने बाध्यता छ ।” उहाँले भन्नुभयो, “आगामी दिनमा उनीहरूलाई जिल्लामै सहजरूपमा अध्ययन गर्ने अवसर दिलाउन थालेका हौँ ।”

संगीत विद्यालय स्थापनका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले विभिन्न क्षेत्रसँग समन्वय गरिरहेको महासंघले जनाएको छ । गीत–संगीतको क्षेत्रमा खोटाङ अन्य जिल्लाभन्दा अगाडि भए पनि संगीत विद्यालय नभएकाले स्थापनाको पहल थालिएको हो ।

वि.सं.२०७४ कात्तिक ७ मंगलवार ०३:१५ मा प्रकाशित

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

कैलाली । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेका...

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन...

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलाली । साउन महिनाको अन्तिम सोमबार कैलालीका विभिन्न शिवालयमा आज...

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...