back
CTIZAN AD

ओमानबाट फर्केर व्यवसायिक गाई पालनमा हमाल

वि.सं.२०७४ कात्तिक २० सोमवार

1.4K 

shares

laxman-hamal६ बर्षे ओमानको रोजगारी छोडर आएका नवलपरासी वर्दघाट नगरपालिका वडा नं १४ का लक्ष्मण हमालले व्यवसायिक गाईपालन सुरु गरेका छन् । वैदेशिक रोजगारका सिलसिलामा ओमानमा रहँदा गैती बेल्चा, क्लिनिङ र चौकिदार रहेर काम गरेका हमालले विदेशको ५० डिग्री घामको ताप सहेर गर्ने यति मेहनत देशकै बारीका कान्लामा गर्न सके, देशको समृद्धिमा आफ्नो पनि केही योगदान पुग्ने ठहरका साथ ६ वर्षे ओमानको रोजगारीलाई विट मार्दै देश फर्केर दाउन्ने देवि ४ धर्मवस्ति, विजयनगरमा एकल प्रयासमा ‘हमाल पशु फार्म’ का नामबाट व्यवसायिक पशुपालन सुरु गरेका छन् ।

ओमानमा रहँदा नेपाली एकता समाज ओमानको सक्रिय कार्यकर्ता समेत रहेर काम गरेका हमालले ओमानबाट छुट्टिमा घर आउँदा टोल छिमेकका युवा साथीहरुले कृषि पालनमा लागेर उदाहरणीय काम गरेको देखेपछि उनले पनि देश फर्केपछि कृषि तथा पशुपालनमा लाग्ने सोँच बनाएका थिए ।

त्यहि सोचलाई व्यवहारमा उतारेका छन् हमालले । उनले एकवर्ष अगाडि देश फर्केर पशुपालन सुरु गरेका छन् । उनले ९ लाख लगानीमा १७ वटा गाई पालेर पशुपालन व्यवसाय सुरु गरेका छन् ।

आफ्नो यो काममा सम्पूर्ण परिवारको साथ रहेको बताउने हमाल भन्छन्, ‘अन्य व्यवसाय भन्दा यस्तो व्यवसायमा सबै परिवारको श्रम लगानी गर्न सकिने हुनाले पनि मलाई सजिलो भएको छ ।’ अहिले हमालको परिवार पनि यसैमा खुसी छ ।

हमालले दैनिक १०५ लिटर दूध बेच्छन् । उनी मोटरसाइकलमा दूधको भाडा राखेर आफै बजार पु¥याउँछन् । उनलाई आफूले उत्पादन गरेको दूध बेच्न त्यति समस्या छैन ।

हमालका अनुसार उनले ओमानमा भन्दा बढी पैसा नेपालमा नै कमाएका छन्, त्यो पनि परिवारको साथमा रहेर । उत्पादनबाटै देशको समृद्धि छ भन्ने बुझेका हमालले यो पेशामा खुसी हुनुहुन्छ त ? भन्ने ऐक्यबद्धताको प्रश्नमा उनी भन्छन, ‘नबुझ्दा सम्म त नेपालमा भन्दा ओमानमा राम्रो छ भन्ने लाग्थ्यो अहिले बुझ्दा यहि पेशा राम्रो छ मनग्गे आम्दानी पनि गरेको छु ।’
ओमानबाट फर्केपछि जिल्ला पशुसेवा कार्यालयबाट गाई भैसी पालन सम्बन्धी ३ दिने र पशु स्वास्थ्य सम्बन्धी ३ दिने तालिम लिएका छन् हमालले ।

gai
केही सरकारी अनुदान र केही ऋण लिएर पशुपालन व्यवसाय चलाएका उनले किसानहरुले उत्पादन गरेको दूध राज्यले सिधै किसानको गोठबाटै उठाउने व्यवस्था गरिदिए किसानलाई अझ सहज हुने उनको भनाइ छ । उनी भन्छन् । अर्को कुरा किसानका लागि राज्यले दिने सेवा सुविधा सिधैं किसानका हातमा पु¥याउन सकेमा किसान अझ उत्साहित हुने र उत्पादन बढ्ने पनि हमालको ठहर छ ।

पछिल्लो पटक पशुहरुमा देखिएको भ्यागुते, चरचरे, खोरेत थुनेलोका कारण पनि किसानहरु पीडित छन् । सरकारले एक गाउँ दुई जेटिए भनेर घोषणा गरेपनि त्यो व्यवहारमा लागू नभएको र व्यवहारमै लागु गरेर किसानको अभिभावक बनेर राहतका कार्यक्रमहरु ल्याउन पनि दिन सरकारसमक्ष अनुरोध गरेका हमालले ।

प्रस्तुति : चन्दा थापा

वि.सं.२०७४ कात्तिक २० सोमवार ०४:१३ मा प्रकाशित

‘साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन’

‘साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन’

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...